डा.काेइराला निकटका सभापतिलाई देउवाले हटाइदिए

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 28, 2076
  • 56 पटक पढिएको

सिरहा,फाल्गुन २८ गते ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नवलपरासी जिल्लाका पार्टी सभापतिमा विष्णु पौडेललाई तोकेका छन् ।

देउवाले कार्यबाहक सभापति अर्जुन पोखरेललाई हटाएर पौडेललाई सभापतिको जिम्मेवारी दिएका हुन् । देउवाले पोखरेललाई सभापति बनाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आकस्मिक बैठक महामन्त्री डा.शशांक कोइरालाको निवासमा बसेको छ ।

महामन्त्री डा.शशांक कोइराला निकट मानिने कार्यबाहक सभापति अर्जुन पोखरेलको ठाउँमा देउवाले विष्णु पौडेललाई सभापति तोकेको जनाइएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नवलपरासी जिल्लामा विष्णु पौडेललाई सभापति बनाइएकोमा असन्तुष्टि जनाएको छ ।

राज्य पुर्नसंरचना अघि जिल्ला कार्यसमितिका सभापति विष्णु लामिछाने थिए । राज्य पुर्नसंरचना पश्चात जिल्ला विभाजित भई दुइटा भएपछि लामिछाने बर्दघाट पूर्वका सभापति नै रहे भने नयाँ जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा तत्कालीन उपसभापति रहेका पोखरेललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको थियो ।

अर्जुन पोखरेलले आफ्नो समूहको हितमा काम नगरेका कारणले हटाइको आरोप संस्थापन विरोधी समूहले लगाएको छ ।

उनीहरूले महाधिवेशनलाई प्रभावित पार्न सभापति देउवा विधान विपरीतको बाटो हिँड्न थालेको भन्दै विरोध गरेका थिए ।

नवलपरासीको सभापति नियुक्तिको विषयमा महामन्त्री डा.कोइरालाको निवास महाराजगञ्जमा पौडेल समूहको मंगलबार बैठक बसेर छलफल गरेको छ । सो विषयमा जोडदार रुपमा विरोध गर्ने सहमति कायम गरेको स्रोतले जनाएको छ ।

बैठकले सभापति देउवाले महाधिवेशन कब्जा गर्नका लागि आफ्ना विरोधीहरूलाई हटाउने कार्य गरेको आरोप लगाएको छ ।

सभापति देउवा समूहले नवलपरासी जिल्लामा विधानअनुसार विष्णु पौडेललाई नयाँ सभापति मनोनयन गरेको जनाएको छ ।

पार्टी विधानमा एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको सभापति बन्नका लागि महाधिवेशन प्रतिनिधि हुनुपर्छ ।

कार्यबाहक सभापति अर्जुन पोखरेल महाधिवेशन प्रतिनिधि नभएको र महाधिवेशन प्रतिनिधि समेत रहेका जिल्लाका पुराना नेता पौडेललाई सभापतिमा मनोनयन गरेको दाबी सभापति देउवा समूहको भनाइ छ ।

दैनिक नेपाल


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२