एसईईमा पाँच लाख परीक्षार्थी, सबै तयारी पूरा

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 28, 2076
  • 20 पटक पढिएको

सिरहा,फागुन २८ गते ।

एक सातापछि शुरू हुने यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन्।

तीमध्ये नियमित ९साधारण० तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थीले जाँच दिनेछन्। राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार ग्रेडवृद्धिअन्तर्गत साधारणतर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी हुँदै छन्। चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुने परीक्षामा सबैभन्दा बढी परीक्षार्थी बाग्मती र कम कर्णाली प्रदेशबाट छन्। बाग्मतीबाट १ लाख ३ हजार ६ सय ६७ र गण्डकीबाट ३६ हजार ४ सय ३६ सहभागी हुँदै छन्।

प्रदेश–१ बाट ८४ हजार ५०, २ बाट ७३ हजार ९ सय ८८, गण्डकीबाट ४७ हजार ३ सय ९९, ५ नम्बर प्रदेशबाट ८१ हजार ७ सय र सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७९ परीक्षार्थी सहभागी हुनेछन्। परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षामा १ हजार ९ सय ९४ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिनुभयो। गत वर्ष १ हजार ९ सय ६९ केन्द्र थिए।

उहाँका अनुसार सबैभन्दा बढी केन्द्र बाग्मतीमा कायम गरिएको छ। बाग्मतीमा ४ सय २१ र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ७६ छन्। त्यस्तै एकमा ३ सय ७४, २ मा २ सय ६६, गण्डकीमा २ सय २०, ५ मा ३ सय २६ र सुदूरपश्चिममा २ सय ११ केन्द्र कायम गरिएको छ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले उपत्यकाका एकाधबाहेक सबै केन्द्रमा प्रश्नपत्र पुगिसकेको जानकारी गराउनुभयो।

केन्द्रको प्रश्नपत्र नजिकैको प्रहरी कार्यालयमा राख्ने व्यवस्था गरिएको छ। उहाँका अनुसार परीक्षामा करिब १० हजार सुरक्षाकर्मीसहित करिब ६० हजार जनशक्ति परिचालित हुनेछन्।

शिक्षा ऐनअनुसार एसईई परीक्षा प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था थियो। संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाटै छापिएको हो। पनिकाले प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र छापेको छ। गत वर्षदेखि नै यो व्यवस्था गरिएको हो। कोरोनाको त्रास बढिरहेको अवस्थामा बोर्डको अनुरोधमा सबै केन्द्रका हेल्थ डेक्स राख्ने तयारी भइरहेको छ। परीक्षा समितिको एक÷दुई दिनपछि हुने बैठकले डेक्स राख्ने निर्णय मन्त्रालयमा पठाउनेछ। मन्त्रालयले डेक्स राख्ने गृहकार्य गरिरहेको छ।

बोर्डका अध्यक्ष प्राडा पौडेलले परीक्षा दिन केन्द्रमा आएका विद्यार्थीलाई ज्वरो आएमा वा रुघाखोकी लागेमा बेग्लै राख्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो। ‘आवश्यक परे तत्काल अस्पताल लैजाने व्यवस्था गर्ने तयारी गरेका छौं। बोर्डले सबै परीक्षा केन्द्रमा सफाइ गर्ने व्यवस्थासमेत मिलाएको छ। –उहाँले भन्नुभयो। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

हरेकपल 


लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४

कल्याणपुरको एक घरमा आगलागी

गणेश कुमार शर्मासिरहा,चैत २१ गते । कल्याणपुरको एक घरमा आगलागी भएको छ ।कल्याणपुर नगरपालिका वडा नं. ११ का स्

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२