अस्सी करोड पचपन्न लाख बजेट कायम गर्दै पाँचौ नगरसभा सम्पन्न

  • न्यूज डेस्क
  • प्रकाशित मिति: फाल्गुन 25, 2076
  • 690 पटक पढिएको

सिरहा,फाल्गुन २५ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७६।०७७ को लागि अस्सी करोड पचपन्न लाख बजेट कायम गर्दै पाँचौ नगरसभा (हिउँदे अधिवेशन) सर्वसम्मत ढंगले सम्पन्न गरेको छ ।
त्यसैगरी नगरसभामा धनगढीमाई नगरपालिकाका प्रवक्ता प्रकाश योन्जनले प्रस्ताव गरिएको संशोधिन विनियोजन ऐन, वडा अध्यक्ष तारणी प्रसाद चौधरीले प्रस्ताव गर्नुभएको भूमि ऐन तथा वडा अध्यक्ष सूर्यमान तामांगले प्रस्ताव गर्नुभएको नीतिगत निर्णय प्रस्ताव समेत पाँचौ नगरसभाले सर्वसम्मतीले पारित गरेको छ ।
नेपाल सरकारबाट विभिन्न शिर्षकहरुमा थप घट भई प्राप्त सशस्त अनुदान समेत गरी सो बजेटको आकार बनाइएको धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले वताउनुभयो । पाँचौ नगरसभामा कायम गरेको बजेटमध्ये चालु तर्फ बाह्र करोड सात लाख र पूँजीगततर्फ चार करोड एकानब्बे लाख गरी करिव सोह्र करोड पचास लाख खर्च भइसकेको छ ।
चालुतर्फ ३७.२७ प्रतिशत र पूँजीगत तर्फ १६.७७ प्रतिशत खर्च भइसकेको मध्येबाट प्रमुख प्रशासकीय भवन, विद्यालय भवन लगायतका ठूला योजनाहरु क्रियान्वयनको प्रक्रियामा रहेको छ भने ८ वटा वडाहरुमा निर्माणाधिन आधारभूत स्वास्थ्य चौकी भवनहरु सम्पन्न हुने क्रममा छ ।
विद्युतीकरण, सडक पिच, ढलान लगायत नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पशु, पहिला वालवालिकातर्फका योजना तथा कार्यक्रमहरु तीब्र रुपमा भइरहेको नगरसभामा प्रस्तुत् दस्तावेजमा उल्लेख गरिएको छ ।
त्यसैगरी समाजका पिछडिएका वर्गहरुको क्षमता विकास गरी सामाजिक विकृति हटाउनका लागि यसै आर्थिक वर्षबाट सामाजिक परिचालनको महाअभियान संचालन गरिने जनाइएको छ । त्यस्तै नगरपालिकाको १४ नं. वडामा रहेको मदन भण्डारी स्मृति पार्क तथा ८ नम्बर वडामा औद्योगिक ग्रामको विस्तृत परियोजना प्रस्ताव तयार गरी पूर्वाधान निर्माण थालिने समेत जनाइएको छ ।
नगरपालिकाको आफ्नै लागतमा नयनपुर अस्पताललाई २४ घण्टा संचालनमा ल्याइएको छ भने सबै संस्थाहरुबाट अनलाईन रिपोर्टिंग प्रणाली शुरु गरिएको छ । नगरपालिकाको सेवा प्रवाहमा सर्वसाधारणको पहुँचलाई सहज बनाउन मोवाईल एप्स तथा वेभसाईटलाई नागरिक मैत्री बनाइएको छ भने गत आर्थिक वर्षदेखि नै इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरी नगरपालिकाको आफ्नै व्याण्ड विथ लिई सोही मार्फत् सबै वडाहरुमा भरपर्दो र दिगो इन्टरनेट सेवा प्रवाह गरिएको छ ।
निकट भविष्यमै नगरपालिकाले आफ्नै सर्भर स्थापना गरी सो मार्फत् सूचना तथा तथ्यांकहरुको भण्डारण तथा प्रसारण कार्यको थाललिन समेत गरिने उक्त बेला प्रस्तुत् गरिएको थियो ।

 


मासु पसल, दुध डेरीमा अनुगमन

सिरहा, असार १९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योगलाई अनुगमन गरिए

सिरहाको औरहीमा नागरिकता विधेयक विरुद्ध भैसी जुलुस

  सिरहा,असार १८ गते  । अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरह

राजु सदाको परिवारलाई थर्ड एलाइन्सको सहयोग, अस्पतालको लाहप्रवाहीको कारण मृत्यु

असार १३ गते, जनकपुर विनोद कुमार महरा आर्थिक रुपमा विपन्न राजु सदाको बुवा अशेश्वर सदालाई तराइ मानवअधिकार र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२