प्रचण्डलाई जुत्ता हानिएको घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 19, 2076
  • 33 पटक पढिएको

सिरहा,फाल्गुन १९ गते ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरेर भएको जुत्ता प्रहारको घटनाबारे छानबिनका लागि एक जना प्रहरी वरिष्ठ अधिकृतको नेतृत्वमा समिति गठन भएको छ ।
उपत्यकामा हुने विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।
समितिमा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिम्सिना सदस्य छन् ।
समितिले प्रकरणबारे छानबिन सकेर तीन दिनभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रतिवेदन बुझाउनेछ ।
आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । घटनामा संलग्न जुम्लाका रतन तिरुवा पक्राउ परेका छन् ।
प्रहरीलाई बयान दिँदै उनले प्रचण्डले वर्ग संघर्षबारे दिएको भाषणमा चित्त नबुझेपछि आवेशमा आएर जुत्ता हानेको भनेका छन्। अनलाईन खवर


मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२