साताको पहिलो दिन सेयर बजार उछाल,६९ अंकले बढ्यो नेप्से साताको पहिलो दिन सेयर बजार उछाल,६९ अंकले बढ्यो नेप्से

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 11, 2076
  • 64 पटक पढिएको

सिरहा,फाल्गुन ११ गते ।

साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६९.५६ अंकले बढेर १५०४. १४ मा पुगेको छ । नेप्से परिसूचक ६९.५६ अंकले बढ्दा कारोबार रकम ३ अर्ब ६० करोड ८५ लाख रुपैया बढी पुगेको छ ।

कारोबार खुला भएसँगै उकालो लाग्न शुरु भएको बजार १ बज्न नपाउदै ५० अंक नजिक पुगेको थियो ।

यद्यपि, बजारमा उतारचढाव पनि तीव्र देखिएको थियो । १४३५ दशमलव ८७ अंकबाट शुरु भएको कारोबार खुलेको २० मिनेटमा नै बढेर १४७८ दशमलव ११ अंकमा पुगेको थियो ।

११ बजेर २० मिनेट जादा भने बढ्ने क्रममा ब्रेक लाग्यो । त्यसपछि ओरालो लागेको बजार ११ बजेर ४२ मिनेट जादासम्म परिसूचक १४५३ मा झर्यो ।

त्यसपछि भने पुनः बजार उकालो लाग्न शुरु गरेको थियो । तीव्र उतारचढावका बीच १ बजेसम्म नेप्से परिसूचकमा ठूलो उकालो देखिएको थियो । कारोबार रकम पनि यस अवधिमा १ अर्ब ७० करोड रुपैयाँ भन्दा माथि पुगेको थियो ।

१ बजेर २१ मिनेट जादा ७५ अंकले उकालो लागेर १ हजार ५ सय ९ अंक भन्दा माथि पुगेको नेप्से परिसूचक त्यसपछि पुनः ओरालो लाग्यो । १ बजेर ५० मिनेसम्म जादा १ हजार ४ सय ८० मा झरेको परिसूचक त्यसपछि पुनः उकालो लाग्यो ।

यसरी उतारचढावका बीच नेप्से परिसूचक ६९.५६ अंकले बढेर बन्द भएको हो ।

अनलाईन खवर


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२