अब समाजवादीसँग चाँडै एकता हुन्छ : राजेन्द्र महतो अब समाजवादीसँग चाँडै एकता हुन्छ : राजेन्द्र महतो

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 11, 2076
  • 63 पटक पढिएको

सिरहा,फाल्गुन ११ गते ।

प्रदेश २ का सत्ता साझेदार समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरणको कुरा एक बर्षदेखि चल्दै आएको छ । एकीकरणको अत्यधिक चर्चा चलेपनि समाजवादी पार्टी सरकारबाट बाहिरिन नचाहेको भन्दै राजपा नेताहरुले एकीकरण हुन नसक्ने बताएका थिए । गत पुसमा समाजवादी सरकारबाट बाहिरिएपछि राजपाका नेताहरुले आफूहरुको आग्रहमा सरकारबाट बाहिर नआएकाले एकीकरण हुन नसक्ने बताएका थिए । तर, अब राजपाका नेताहरु पनि एकीकरणप्रति सकारात्मक देखिएका छन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले समाजवादीसँग एकीकरण हुने बताए लगत्तै राजपाका प्रभावशाली नेता राजेन्द्र महतोले पनि एकीकरणको विकल्प नभएको बताएका छन् ।

शनिबार जनकपुरधामस्थित आफ्नै निवासमा जनकपुर टुडेसँग कुरा गर्दै महतोले चाँडै यी दुई पार्टीबीच एकीकरण हुने बताए । ‘नौ महिनादेखि एकीकरणको कुरा भइरहेको छ’ अब चाँडै निष्कर्षमा पुग्छ’ उनले भने, “पार्टीको नाम, झण्डा र चुनाव चिन्हमा यसअघि नै सहमति भइसकेको छ ।”

उनले नेतृत्व र संगठन व्यवस्थापनको काम मात्रै बाँकी रहेको सुनाए । ‘यसका निम्ति दुबै पार्टीमा आन्तरिक छलफल भइरहेको छ’ महतोले भने, “दुबै पार्टीको आन्तरिक छलफलपछि औपचारिक रुपमै बैठक बसेर एकीकरणको कुरालाई अगाडि बढाइनेछ ।”

राजपा सरकारमा जान नचाहेपनि अहिले मिडियाले दैनिक रुपमा राजपालाई सरकारमा पठाइरहेको उनले बताए । ‘मिडियाले राजपा सरकारमा जान्छ भनेर हावादारी कुरा आइरहेको छ’ उनले भने ।

 

सरकारमा कुनै पनि हालतमा नजाने र संविधान संशोधन गराउनका लागि वैकल्पिक शक्ति निर्माण गरी संघर्षमा उत्रने राजपाको बटमलाइन भएको उनको भनाई छ । ‘प्रधानमन्त्री केपी शर्मा ओली राजपालाई जसरी पनि सरकारमा ल्याउने प्रयासमा छन्’ उनले भने, “समाजवादीलाई सरकारमा लग्नुभन्दा अगाडि पनि प्रयास गरेकै हुन् । र, समाजवादी बाहिरिएपछि पनि प्रयास गरिरहेका छन् ।”

यद्यपी माग पूरा नभएसम्म सरकारमा जाने कुनै इच्छा नभएको उनले बताए । अहिले सरकारमा गए जनतासँग ठूलो धोका हुने उनको भनाई छ ।

‘सरकार राजपालाई सरकारमा लगेर डिभाइड इन रुलको नीति अख्तियार गर्न खोजेको बताउँदै उनले अब यस्तो नचल्ने बताए । ‘सरकारले संविधान संशोधन गर्दै, गर्देन, त्यहीं भएर सरकारमा किन जाने ?’ उनले भने, “सरकारमा जाँदा एकता समेत बाधक हुन भएकाले सरकारमा जाने कुनै सम्भावना छैन् ।”

सरकारले फुट गराएर शाषण गर्ने नीति बोकेको भन्दै भने, “एकताको जुन कुरा भइरहेको छ, त्यो सरकारमा गएपछि बाधक बन्छ । हामीलाई एकता गर्नुछ ।”

अर्काे प्रसंगमा नेता महतोले प्रदेश सरकारमा तत्काल कुनै हेरफेर नहुने बताए । ‘तत्काल प्रदेश सरकारमा कुनै हेरफेर हुने छैन’ उनले भने, “सरकारमा रहेका व्यक्तिहरुको पनि परिवर्तन हुँदैन् ।”

जनकपुर टुडे


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२