ग्यास पाइपलाइनको पनि अध्ययन सुरु ग्यास पाइपलाइनको पनि अध्ययन सुरु

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 10, 2076
  • 96 पटक पढिएको

सिरहा,फाल्गुन १० गते । रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रूपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन सुरु गरिएको छ । मल उद्योग स्थापनाका लागि यस्तो ग्यास पाइपलाइन आबश्यक हुने भएकोले यसकोे सम्भाव्यता थालिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।
रासायनिक मल उत्पादनका लागि प्राकृतिक ग्यास कच्चा पदार्थ हो । यो मिथेन ग्यास हो । निगमका अनुसार समितिले पाइपलाइनसँगै नेपालमा रासायनिक मलको माग, बजार र व्यापारका बारेमा पनि अध्ययन गर्नेछ । भट्टराई भन्नुहुन्छ, नेचुरल ग्यास मल बनाउने कच्चा पदार्थ हो, फाइनल प्रोडक्ट बन्न ग्यास आवश्यक हुन्छ, हुन त यो ग्यासले गाडी चल्नेदेखि घरायसी प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ तर हामीले रासायनियक मलको उद्योग स्थापना गर्न ल्याउने तयारी गरेका हौँ ।
समितिले पाइपलाइन र मल उद्योगको सम्भाव्यता अध्ययन गर्नेछ । निगमका अनुसार गोरखपुरसम्म ग्यासको पाइपलाइन आउँदै छ । गोरखपुरदेखि नेपाल ल्याउन लामो दूरी नपर्ने भएकाले पनि सहज हुने देखिएको छ । सम्भाव्यता अध्ययन गर्न इन्डियन आयल कर्पोरेसन पनि तयार रहेकाले अध्ययन थालिएको हो । इन्डियन आयल कर्पोरेसनले ठीक छ यो अध्ययन गरौँ भनेको छ, अध्ययनपछि के हुन्छ थाहा छैन, सम्भाव्यताका बारेमा रिर्पार्ट आइसकेपछि बल्ल हामी अघि बढ्ने हो, भट्टराईको भनाइ छ ।
नेपाल कृषि प्रधान देश भए पनि किसानले खेती गर्ने मौसममा मल नपाउने समस्या बर्सेनि दोहोरिन्छ । मल उत्पादनले भारतसँगको व्यापार घाटा कम गर्ने भट्टराईको दाबी छ । उहाँ भन्नुहुन्छ, सम्भाव्यता अध्ययनपश्चात् यो परियोजना सम्भावना छ छैन थाहा हुन्छ, मोटामोटी लगानी, आगामी दिनमा हुनसक्ने उत्पादन र व्यापारका बारेमा पनि आकलन हुन्छ, त्यसपछि दुई देशबीच छलफल र प्रक्रियाहरू अघि बढ्छ ।
निगमकी निर्देशक अरुणा क्षेत्रीको संयोजकत्व रहेको अध्ययन समितिले ४५ दिनमा प्रतिवेदन बुझाउने छ । निगमले सिलगुढी–झापा पेट्रोलियम पाइपलाइनको सम्भाव्यता अध्ययनका लागि समिति बनाएर काम थालेको छ । अमलेखगञ्ज–लोथरको पेट्रोलियम पाइपलाइन विस्तारको सर्भे भइसकेको छ । लोथरसम्म विस्तार गर्ने काम सुनिश्चित छ अब प्रक्रिया अघि बढाउन मात्र बाँकी रहेको भट्टराईले जानकारी दिनुभयो ।
निगमले पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको पाइपलाइनका परियोजना अघि बढाउन सिलगुढी–झापा पेट्रोलियम पाइपलाइन, अमलेखगञ्ज–लोथर र गोरखपुर–रूपन्देही प्राकृतिक ग्यास पाइपलाइनको प्राविधिक अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । समितिमा निगम र इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिहरू हुनुहुन्छ । गोरखापत्र अनलाईन


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२