भारतमा हजारौं टन सुन उत्खननको तयारी, अब भारत सुन उत्पादनमा अमेरिकापछि दोस्रो देश भारतमा हजारौं टन सुन उत्खननको तयारी, अब भारत सुन उत्पादनमा अमेरिकापछि दोस्रो देश

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 10, 2076
  • 56 पटक पढिएको

सिरहा,फाल्गुन १० गते । भारतको ‘जियोलजिकल सर्वे अफ इण्डिया(जीएसआई)’ले सन् २००५ मै उत्तर प्रदेशको सोनभद्रमा सुन रहेको संकेत पाएको थियो र सन् २०१२ मा त्यहाँ सुन रहेको पुष्टि गरेका थियो । 

विगत पन्ध्र वर्षमा जीएसआईले त्यस क्षेत्रमा निरन्तर काम गरिरहेको थियो ।  

अहिले आएर उत्तर प्रदेश सरकारले उत्खनन प्रक्रिया सुरु गर्नको लागि ई–टेन्डर सुरु गरेको छ । 

जीएसआईको अध्ययनमा सोनभद्रको सोन पहाडमा झण्डै तीन हजार टन सुन र हरदी ब्लकमा झण्डै ६ सय किलो सुनको भण्डार देखिएको छ । 

तर तिनको उत्खननमा हालसम्म कुनै ठोस काम भएको थिएन हाल आएर ब्लक टेन्डरको लागि प्रशासनले सात सदस्यीय टिमको गठन गरेको छ । 

‘ २२ फेब्रुअरी २०२०सम्म टिमले आफ्नो रिपोर्ट भूतत्व एवं खनिजकर्म निर्देशनलायलाई सुम्पिनेछ ,’ सोनभद्रका उत्खनन अधिकारी केके रायले बताए । 

सोनभद्रको अन्य क्षेत्रमा पनि सुन रहेको अनुमान छ । त्यसैले अहिले त्यस क्षेत्रको ठूलो भूभागमा हेलिकप्टरबाट सर्वेक्षण गरिँदैछ । 

सर्वेक्षणका लागि विद्युतचुम्बकीय उपकरण स्पेक्ट्रोमिटर उपकरणको प्रयोग गरिँदैछ । 

यी उपकरणसडित हेलिकप्टरको जमिनभन्दा केही सय मिटरको उचाइमा उठाइन्छ ।

सोनभद्रमा हाल अनुमान गरिएको सुन निकाल्न सकिएमा भारत सुन उत्पादनको हिसाबमा अमेरिकापछि दोस्रो स्थानमा आउनेछ । 

विश्व सुन परिषद्का अनुसार अमेरिकासँग ८१३३ टन सुन भण्डार छ । अहिले, अमेरिकापछि दोस्रो ठूलो सुन भण्डार जर्मनीसँग छ । जर्मनीसँग ३३६६ टन सुन छ । 

जर्मनीपछि ठूलो सुन भण्डार हुने देश वा सस्था क्रमशः अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)(२४५१ टन), इटाली(२४५१ टन), फ्रान्स(३४६१ टन), छैटौं रुस(२२१९), चीन(१०४० टन) हुन् । 
त्यसैले गरी सानो देश भए पनि स्वीट्जरल्याण्डसँग विश्वको आठौं ठूलो सुन भण्डार छ । स्वीट्जरल्याण्डमा १०४० टन सुन छ ।

ठूलो सुन भण्डारको -याङ्किङमा नवौं स्थानमा रहेको जापानसँग ७६५ टन सुन छ । 

भारत हाल सुन भण्डारको हिसाबमा दशौं स्थानमा छ । भारतमा ६१८ टन सुन छ । तर सोनभद्रको सुन उत्पादन सुरु भएपछि भारत दोस्रो स्थानमा उक्लने समाचारमा जनाइएको छ । 

रातो पाटी


एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

भोक र उपचार वीना नागरिकको मृत्यु– मानवअधिकारकर्मीहरुको दावी

जनकपुर । जेठ १५ गते कोभिड १९ को विश्वव्यापी महामारीको कारण सिर्जित लकडाउन र यो लकडाउनको अवधि वढदै जाँदा ख

बैदेशिक रोजारमा रहेका युवाको आर्थिक सहयोगमा राहत वितरण

सिरहा,जेठ १४ गते । सिरहाको धनगढीमाई नगरपालिमा बैदेशिक रोजगारमा रहेका युवाहरुको सहयोगमाअति विपन्न परिवा

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२