एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नः लक्षणहरु ?

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: फाल्गुन 9, 2076
  • 785 पटक पढिएको

गणेश कुमार ठाकुर
सिरहा,फागुन ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंहको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथिको रूपमा नगरपालिकाका उपमेयर जिवछी देवी साह, बिशिष्ट अतिथि प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, अतिथि प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमूख डा.राकेश यादव, अतिथि मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक विजय कुमार महतो, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी ) सन्तुलाल प्रसाद जैसवार,ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक( ईन्सपेक्टर) राम कुमार माहतो, मिर्चैया नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु,मिर्चैैया नगरपालिकाका कर्मचारी धनञ्जय महतो, मिर्चैया नागरपालिकाका कर्मचारीहरु, स्थानीय व्यपारिक , स्थानीयबासी ,बुद्धिजीवी, समाजसेवी , जनप्रतिनिधि, संचारकर्मी लगायतका उपस्थिति रहेको थियो ।


नोवेल कोरोना भाइरस के हो ?
कोरोना भाइरस स्वासप्रस्वास सम्बन्धी तिव्र संक्रमण हुने रोग हो । यो भाइरसले रुघाखोकी लगाउँछ । यो विश्वमै पहिलो पटक चीनको वुहानमा देखा परेको नयाँ भाइरस हो । यसको नाम नोबेल कोरोना (एनकोभ २०१९) राखिएको छ । भाइरस पशुपन्छी बाट मानिसमा सरेपछि सामान्य बन्छन् । सन् २००३ मा यस्तै चमेरोबाट बिरालो जस्तो देखिने सिभिट र मानिसमा सरेपछि श्वासप्रश्वास सम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमूख डा.राकेश यादवले बताएका छन् ।


नोवेल कोरोनाका लक्षणहरु ?
यो भाइरस पहिलो पटक चीनको वुहान शहरमा पहिचान गरिएको थियो । यो भाइरसको संक्रमण भएमा सुरुमा स्वासप्रस्वास सम्बन्धी समस्या देखा पर्छ । यो स्वासप्रश्वास सम्बन्धी तिव्ररुपमा सर्ने रोगको रुपमा देखा परेको छ । यसकोे संक्रमणले निमोनियाका लक्षण देखा पर्छन । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसको संक्रमण भएमा निम्न लक्षणहरु देखा पर्दछन् । सुख्खा खोकी लाग्नु,स्वास फेर्न गाह्रो हुने,टाउको दुख्ने,हाछ्यु आउने,ज्वरो आउनु,मृगौलाले काम गर्न बन्द गर्नु जस्ता लक्षणहरु रहेको छन । मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंहले बताएका छन ।
नोवेल कोरोना भाइरसबाट कसरी आफु र अरुलाई बच्न के गर्ने ?
विश्वस्वास्थ्य संगठनले कोरोना भाइरस प्रभावित क्षेत्रलाई कोरोनाबाट बच्नको लागि सामान्य सावधानी अपनाउन सल्लाह दिएको छ । जसले गर्दा संक्रमणको जोखिम कम गर्न मद्दत गर्छ । संगठनले कोरोना भाइरस संक्रमित व्यक्तिहरुलाई सरसफाइमा विशेष ध्यान दिन पनि सल्लाह दिएको छ । हात धुँदा साबुनपानी र अल्कोहल रबर प्रयोग गरेर धुने,खोक्दा वा हाछ्युँ गर्दा नाक मुख छोप्ने,रुघाखोकी लागेका व्यक्तिसँग नजिक नहुने,मासु र अण्डा राम्ररी पकाएर खाने,जंगली वा फर्ममा पालिएका जनावरलाई सोझै नछुने ।

 

 


सडकमै धान रोपाई गरि विरोध

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित निर्माणाधीन हुलाकी सडकको खाल्डाखुल्डी र हि

मृत अवस्थामा भेटियो गैँडा, साउन महिनामै तीनवटाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्जको दुुधौरा क्षेत्रमा मृत अवस्थामा वयस्क गैँडा भेटिएको छ ।निकुञ्जका सूच

ब्राउन सुगर सहित एक युवक पक्राउ

सुनिल साह सिरहा,असार १८ गते । सिरहाको वरियारपट्टी गाँउपालिकाबाट आज एक जना भारतीलाई ब्राउन सुगर सहित पक्र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२