लहान, ८ फागुन । बजार अनुगमनको नाममा सिरहामा भत्ताको रोटी सेकिरहेको छ । कहिले स्वास्थ्य क्षेत्र त कहिले दुध डेरी उद्योगमा अनुगमन गर्न पुग्छ । तर, अनुगमनकर्ता टोलीले ठोस कारवाही गर्न सकेका छैन । अवश्य रकम चलखेलको प्रक्रियामा पुगेर फितलोपनामा पुग्ने गरेको चासोको विषय बनेको छ । सिरहाको लहान र सप्तरीको लोकमार्गको बजारमा दूईदेखि कृत्तिम खाना पकाउँने ग्यासको अभाव भएको छ । जहाँ अनुगमनकर्ताको ध्यान पुगेको छैन । उनीहरुलाई जानकारी भएको छ छैन ? यो समस्या समाधान कसले गर्ने ? कहाँबाट यस्तो कालोबजारीको खेल भइरहेको छ ? कतिले भन्छन् —‘सप्तरीमा भएको मुस्लिम भेलाले ग्यासको अभाव भएको हो ।’ तर, यसमा कति सत्यता छ ? यहाँ त खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहका नेतृत्वमा विगतमा भएको दुध डेरी र मिनरल वाटरको अनुगमनमा उद्योगमा तालाबन्दी गरियो । उपचार नहुँदै ति डेरी र उद्योग खुल्यो । आज पनि अवस्था पुरानै छ । सिँहको अनुगमन रकमको चलखेलमै अखाद्य पदार्थ उपभोक्ता प्रयोग गर्न बाध्य छ । अर्कातीर सिरहाका प्रहरी, प्रशासन नातागोता जोडेर अनियमिताको बढावा दिने गरेको छ । यसमा पनि सिरहाका प्रहरी प्रशासनले व्यक्तिगत पत्रकार जन्माएको छ । उनीहरुसँग डराउँने पनि गरेको छ । यसैले होला सिरहाका प्रहरी प्रशासन घरमै गएर चियापान गर्ने । तस्करीको मालसमान छाड्न आग्रह अनुरोधको साक्षी हुने गरेको छ । तस्करहरुलाई बढावापन गर्ने गरेको छ भने अर्कोतीर सिमाक्षेत्रमा कडाईको भजनकिर्तन समेत गरेको मिडियावाजी गरिरहेको छ । प्रहरी प्रशासन स्वच्छ सफा हुनुपर्छ तर सिरहामा व्यक्तिगत लगावमा तस्करी बढेको खुलासा भएको छ ।
अर्कातीर सिरहामा अधिकाँश अस्पताल नविकरण विना चलिरहेको छ । अवैद्य रुपमा पोली क्लिनिक र झोले क्लिनिक चलिरहेको छ । यसको अनुगमनको लागि विगत केही महिना अघि अनुगमन गरिएको थियो । त्यस अनुगमनमा नेपाल पत्रकार महासँघ सिरहासहित केही पत्रकार रहेको थियो । त्यस वखत अनुगमनमा प्रशासन र स्वास्थ्यकर्मीले रकम चलखेलमा फितलो कारवाही गरेको मिडियावाजी भयो । त्यसपछि त्यस बखतका पत्रकारलाई अनुगमनको जानकारी गराउँन छाडियो । भ्रष्टाचारमाथी थप भ्रष्टाचारी गर्नेहरु मिडियादेखि टाढा हुनु स्वभाविक नै हो । आज त्यही अनुगमनकारीहरु आफु स्वच्छ र सफा रहेको भन्दै अनुगमनलाई दुधालु गाई ठानेको चर्चा छ । यसैबीच, अस्थायी प्रहरी पोष्ट पक्की टोली बस्तीपुरका असई मो.सर्दे आलमले हिरासतमा बाख्रा पालन खोलेका छन् । तीन वटा बाख्रा पाल्दै आएका असई आलमले त्यसक्षेत्रमा रहेको इट्टाभाटा, घरेलु मदिरा उत्पादन गर्ने र गाँजा खेती संरक्षण वापत महिनावारी असुली गरिरहेको खुलासा भएको छ । यसवारे असई आलमसँग सम्पर्क गर्दा घरेलु मदिरा बन्द गराउँने जोड दिएको दावी गरे ।
घरेलु तथा साना उधोग कार्यालय लहानको आयोजनामा संयुक्त अनुगमन समितिद्घारा लहान बजारमा मंगलबार बजार अनुगमन गरिएको छ । नवसंग्राम दैनिक । रेडियो सौगात
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल
काठमाण्डौ : नेपालको कञ्चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved