मन्टेश्वरी तालिम प्रभावकारी हुँदै , सिरहामा फेरी सुरु मन्टेश्वरी तालिम प्रभावकारी हुँदै , सिरहामा फेरी सुरु

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 8, 2076
  • 44 पटक पढिएको

संजय विश्वकर्मा

लहान ८ , फाल्गुन । सिरहाको चोहर्वामा एक महिने मन्टेश्वरी तालिम बुधबार बाट सुरु भएको छ । प्रदेश नम्बर–२ सरकारको सीप कार्यक्रम अन्तर्गत युके एडको आर्थिक तथा प्राबिधिक सहयोग र जागरण नेपाल लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर – २ सिरहाको सहकार्यमा तालिम सुरु भएको अध्यक्ष ज्ञानेन्द्र राय दनुवारले जानकारी दिनुभएको छ । तालिममा विभिन्न मन्टेश्वरी र बोर्डिङ्ग स्कुलका शिक्षक र नव आगन्तुक शिक्षण गर्न चाहने ईच्छा भएका व्यक्तिहरुलाई शिक्षण पेशामा दक्ष बनाउनका लागि तालिम आयोजना गरेको आयोजकले जनाएको छ ।

मन्टेश्वरी स्कुलमा अध्यापन गराउने बिभिन्न बिधिहरुको बारेमा तालिममा छलफल भैरहको अध्यक्ष रायले जानकारी दिनुभयो। रोजगारी सर्भिस प्रा. लि. को आयोजनामा संचालित तालिमको प्रमुख अतिथिमा शान्ति निकुञ्ज बिधालय चोहर्वाका संस्थापक रामप्रकाश सिंह रहेको थियो भने कार्यक्रमको उदघोष जागरण नेपालका सचिब सरोज रायले गरेका थिए । २४ जनाको सहभागीता रहेको तालिमकोको सहजिकरण सोनि पौडेल तामाङले गरिरहेको छ । उदघाटन समारोहको अध्यक्षता स्वस्तिक पाठ्शाला मिर्चैया को सह प्राध्यापक लक्षमण गिरि गरेका थिए । तालिम पश्चात सहभागी सबै जनालाई रोजगारीको ग्यारेन्टी समेत गरिने छ । यस अघि लहान र बर्दिबासमा मन्टेश्वरी तालिम सम्पन्न भैसकेको छ ।


लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४

कल्याणपुरको एक घरमा आगलागी

गणेश कुमार शर्मासिरहा,चैत २१ गते । कल्याणपुरको एक घरमा आगलागी भएको छ ।कल्याणपुर नगरपालिका वडा नं. ११ का स्

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२