तोलाकै ७७ हजार ६ सय पुग्यो सुनको भाउ, मूल्य अहिलेसम्मकै उच्च तोलाकै ७७ हजार ६ सय पुग्यो सुनको भाउ, मूल्य अहिलेसम्मकै उच्च

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 8, 2076
  • 113 पटक पढिएको

सिरहा,फाल्गुन ८ गते ।

नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। बिहीबार छापावाला सुनको मूल्यले ७७ हजार ६ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।

बुधबार प्रतितोला ७७ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले बिहीबार ५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ७७ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ९ सय १५ रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।

त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १६ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको सुन बिहीबार बढेर प्रतिऔंस १६ सय ९ अमेरिकी डलरमा पुगेको छ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।

सेतो पाटी


मासु पसल, दुध डेरीमा अनुगमन

सिरहा, असार १९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योगलाई अनुगमन गरिए

सिरहाको औरहीमा नागरिकता विधेयक विरुद्ध भैसी जुलुस

  सिरहा,असार १८ गते  । अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरह

राजु सदाको परिवारलाई थर्ड एलाइन्सको सहयोग, अस्पतालको लाहप्रवाहीको कारण मृत्यु

असार १३ गते, जनकपुर विनोद कुमार महरा आर्थिक रुपमा विपन्न राजु सदाको बुवा अशेश्वर सदालाई तराइ मानवअधिकार र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२