आतंकवादीलाई सघाएको विषयमा चीनले पाकिस्तानविरुद्ध भारतलाई साथ दियो आतंकवादीलाई सघाएको विषयमा चीनले पाकिस्तानविरुद्ध भारतलाई साथ दियो

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 8, 2076
  • 58 पटक पढिएको

सिरहा,फाल्गुन ८ गते ।

आतंकवादी संगठनले प्राप्त गर्ने पैसा रोक्न असफल भएको भन्दै चीन र साउदी अरबले पाकिस्तानमाथि कडाई गर्ने भएका छन् ।  ती दुई देश यस मुद्दामा भारत र अमेरिकासँगै उभिएका छन् । चीन र साउदी अरबले भारत, अमेरिका र युरोपियन देशसँगै मिलेर पाकिस्तानलाई उसले ‘फाइनेन्सियल एक्सन टास्क फोर्स(एफएटीएफ)’सँग गरेको प्रतिबद्धता पुरा गर्न कडाई गर्ने सन्देश दिने फैसला गरेको छ । 

अब पाकिस्तानमाथि एफएटीएफको जूनको सत्रअघि आतंकवादी संगठनले प्राप्त गर्ने फण्डिङ् र सम्पत्ति शुद्दीकरण रोक्ने दिशामा महत्वपूर्ण कदम उठाउन दवाव पर्नेछ ।  पाकिस्तानले ‘अहिलेनै आतंकवादी संगठनका शीर्ष नेतामाथि मुद्दा चलाएर तिनलाई दोषी सिद्ध गर्नुपर्नेछ ।’

विगतमा चीनले एफएटीएफमा पाकिस्तानलाई समर्थन गरिरहेको सन्दर्भमा हालको परिवर्तनलाई महत्वपूर्ण मानिएको छ ।  कुटनीतिक स्रोतका अनुसार पाकिस्तानलाई एफएटीएफमा टर्कीले मात्र समर्थन जनाएको छ ।  
सन् २०१८ देखि पाकिस्तान सम्पत्ति शुद्दीकरणविरुद्ध काम गर्ने उक्त संस्थाको निगरानीमा छ । 

उग्रवादी संगठनहरुलाई पैसा दिएको र सम्पत्ति सुद्धिकरणमा उपयुक्त काम नगरकेो आरोपमा पाकिस्तान संस्थाको निशानामा पर्न थालेको थियो । पछि संगठनले पाकिस्तानलाई उसको ‘ग्रे लिस्ट’मा हाल्यो ।   पाकिस्तानसँगै सर्बिया, श्रीलंका, सिरिया, त्रिनिदाद, ट्यूनिसिया र यमन ‘ग्रे लिस्ट’ छन् । 

एफएटीएफले एक वक्तव्य जारी गर्दै फेब्रुअरी २००० सम्म पाकिस्तानले यस मुद्दामा पर्याप्त कदम उठाएन भने ऊ विरुद्ध कारबाही गरिने बताएको छ । एफएटीएफको आगामी वैठक शुक्रबार पेरिसमा हुनेछ । 

रातो पाटी


मासु पसल, दुध डेरीमा अनुगमन

सिरहा, असार १९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योगलाई अनुगमन गरिए

सिरहाको औरहीमा नागरिकता विधेयक विरुद्ध भैसी जुलुस

  सिरहा,असार १८ गते  । अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरह

राजु सदाको परिवारलाई थर्ड एलाइन्सको सहयोग, अस्पतालको लाहप्रवाहीको कारण मृत्यु

असार १३ गते, जनकपुर विनोद कुमार महरा आर्थिक रुपमा विपन्न राजु सदाको बुवा अशेश्वर सदालाई तराइ मानवअधिकार र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२