अश्लिल शब्द प्रयोगले कर्मचारी यूनियनको आपत्ति अश्लिल शब्द प्रयोगले कर्मचारी यूनियनको आपत्ति

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 8, 2076
  • 20 पटक पढिएको


सिरहा,फाल्गुन ८ गते ।

सञ्चारमन्त्री गोकुल बास्कोटाको सार्वजनिक भएको अडियोमा कर्मचारीलाई अश्लिल शब्दले सम्बोधन गरेको भन्दै निजामती कर्मचारी यूनियनले आपत्ति जनाएको छ। सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रेस खरिदमा कमिशन माग गरेको अडियो सार्वजनिक भइसकेको छ। अडियोमा मन्त्री बास्कोटाले कर्मचारीलाई अपशब्द प्रयोग गरि उपेक्षा गरेको भन्दै निजामती कर्मचारी यूनियनले विज्ञप्ती मार्फत खेद व्यक्त गरेको हो।

नेपाल सरकारको प्रवक्ताको जिम्मोवारी लिएका व्यक्तिले राष्ट्रका सेवकका बारेमा उपेक्षीत शब्द चयनले सम्पूर्ण कर्मचारीलाई दुःखी तुल्याएको सो विज्ञप्तीमा उल्लेख गरिएको छ।  

यस विषयमा स्वतन्त्र छानविन गरि सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाहीको माग समेत गरेको संघका उपमहासचिव दुर्गानाथ फुयाँलले जनाएका छन्। यूनियनले दोषीलाई कानुनी कारबाही नभएमा बहिस्कार गर्ने दिन आउन सक्ने समेत सो विज्ञप्तीमा उल्लेख छ।

यस्तै, भ्रष्टाचार भए नभएको विषयमा पनि कुनै प्रभावरहित छानविन हुनु पर्नेमा जोड दिँदै ध्यानाकर्षण समेत गराएका छन्।

नागरिक न्यूज


लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४

कल्याणपुरको एक घरमा आगलागी

गणेश कुमार शर्मासिरहा,चैत २१ गते । कल्याणपुरको एक घरमा आगलागी भएको छ ।कल्याणपुर नगरपालिका वडा नं. ११ का स्

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२