आरोप प्रमाणित भए सजाय भोग्न तयार छु : मन्त्री बाँस्कोटा आरोप प्रमाणित भए सजाय भोग्न तयार छु : मन्त्री बाँस्कोटा

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 8, 2076
  • 59 पटक पढिएको


सिरहा,फाल्गुन ८ गते ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन्।

'ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु', बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, 'राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन।'

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो। 'आरोप आफैँमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ', उनले भने, 'सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ।'

सबै जिल्लामा फोरजी परियोजना सञ्चालन
 आजै कञ्चनपुरको बेलौरीमा नेपाल दूरसञ्चार कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका मन्त्री बाँस्कोटाले सरकारले प्रतिवद्धता गरेअनुसार मुलुकका सबै जिल्लामा एक वर्षभित्रै नेपाल टेलिकमको ‘फोर जी’ परियोजना सञ्चालन भएको बताए।

उनले नेपाल टेलिकम सरकारको नभई जनताको सम्पत्ति भएको बताए। 'अन्य प्रतिस्पर्धी दूरसञ्चार प्रदायक कम्पनीजस्तै टेलिकम पनि प्रतिस्पर्धी बन्नुपर्ने हुन्छ', उनले भने, 'इन्टरनेट डाटा खरिद मूल्यमा देखिएको भिन्नतालाई घटाइने गरी प्रक्रिया अगाडि बढाइएको छ।' उनले सेवाग्राहीलाई टेलिकमका सेवा सहुलियत दरमा प्रदान गर्नेगरी सेवा विस्तार भइरहेको जानकारी दिए।

नागरिक न्यूज


एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

भोक र उपचार वीना नागरिकको मृत्यु– मानवअधिकारकर्मीहरुको दावी

जनकपुर । जेठ १५ गते कोभिड १९ को विश्वव्यापी महामारीको कारण सिर्जित लकडाउन र यो लकडाउनको अवधि वढदै जाँदा ख

बैदेशिक रोजारमा रहेका युवाको आर्थिक सहयोगमा राहत वितरण

सिरहा,जेठ १४ गते । सिरहाको धनगढीमाई नगरपालिमा बैदेशिक रोजगारमा रहेका युवाहरुको सहयोगमाअति विपन्न परिवा

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२