विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 8, 2076
  • 37 पटक पढिएको

सिरहा,फाल्गुन ८ गते । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प्रक्रिया अघि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले पेस गरेको विद्युत् महसुल प्रस्तावमा सर्वसाधारणको प्रतिक्रिया लिन भन्दै आयोगले बुधबार प्रस्तावित दरहरू सार्वजनिक गरको छ । प्राधिकरणले पेस गरेको प्रस्ताव फागुन १ गते आयोगमा दर्ता भएको थियो । प्राधिकरणले यसअघि मङ्सिर ८ गते गरेको महसुल समायोजनको प्रस्तावमा महसुल वृद्धिमा अस्वाभाविक आधार पेस गरेको भन्दै दर्ता गरेको थिएन । गार्हस्थ मूल्यमा कुनै परिवर्तन नगरिएको भन्दै कारण खुलाउन आयोगले पत्राचार गरेको थियो ।
त्यस्तै, पहिलो प्रस्तावमा महसुल समायोजनको आधारमा खर्च वृद्धि हुने प्रक्षेपण पेस गरेको थियो । पहिलो प्रस्तावमा गत आर्थिक वर्षमा ७७ प्रतिशत बढेको अन्य आय आगामी आवमा २८ प्रतिशत कम हुने, कालीगण्डकी ए, मध्य मस्र्याङ्दीजस्ता आयोजनामा गतवर्ष १० प्रतिशत खर्च घटेकोमा आगामी आवमा ५४ प्रतिशत बढ्ने र ट्रान्समिसन तथा नेटवर्क खर्चमा एक प्रतिशत कमी आएकामा आगामी वर्ष ११ प्रतिशत बढ्नेलगायतका दाबी प्राधिकरणले गरेको थियो । यसमा आयोगले १७ बुँदामा कारण खुलाउन माग गरेको थियो ।
प्राधिकरणले सो पत्रको जवाफसहित संशोधित प्रस्ताव पुनः आयोगमा पठाएपछि आयोगले दर्ता गरेको थियो । आयोगले विद्युत् महसुल प्रस्तावमा आफ्ना प्रतिक्रिया तथा धारणा पेस गर्न भन्दै सबै विवरण आफ्नो वेव साइटमार्पmत सार्वजनिक गरेको हो । आयोगले ३५ दिनसम्म प्रतिक्रिया लिने र त्यसको अध्ययन गर्नेछ । साथै, सरोकारवालाबीच बृहत् छलफल गराउने गरी प्रस्तावक प्राधिकरण र सरोकारवाला सम्मिलित सार्वजनिक सुनुवाइ गर्नेछ ।
महसुल समायोजन प्रस्ताव अनुसार सिङ्गल फेज गार्हस्थ उपभोक्तालाई छ समूहमा राखिएको छ । यस अनुसार ०–१०, ११–२०, २१–५०, ५१–१००, १०१–२५० र २५० भन्दा गरी समूह निर्धारण गरिएको छ । प्राधिकरणले १० युनिटसम्म शुल्क नलाग्ने गरी पाँच एम्पियर क्षमताका ग्राहकसँग ३० रुपियाँ न्यूनतम चार्ज लिने प्रस्ताव गरेको छ । इनर्जी शुल्कतर्पm ११ देखि २० युनिट खपतमा पाँच एम्पियर क्षमता जडित ग्राहकलाई प्रतियुनिट तीन रुपियाँ प्रस्ताव गरिएको छ भने १५ एम्पियरका ग्राहकलाई चार रुपियाँ, ३० एम्पियरलाई पाँच र ६० लाई छ रुपियाँ प्रस्ताव गरिएको छ ।
२१ देखि ५० युनिटसम्म दर भने सबैलाई समान आठ रुपियाँ ५० पैसा प्रस्ताव गरिएको छ । ५१ देखि १०० युनिटका लागि प्रतियुनिट नौ रुपियाँ ७५ पैसा प्रस्ताव गरिएको छ । १०१ देखि २५० युनिटसम्मका लागि १० रुपियाँ ५० पैसा र २५० माथि खपत हुँदा ११ रुपियाँ ५० पैसा तोकिएको छ ।
प्राधिकरणले प्रस्ताव गरेको नयाँ महसुल संरचनामा पहिलोपटक सार्वजनिक यातायात चार्जिङ स्टेसनको महसुललाई समेटिएको छ । यसमा चार्जिङ स्टेसनले तोकिएको दरमा बढीमा २० प्रतिशतसम्म मात्र नाफा लिन पाउने व्यवस्था छ । यस्ता स्टेसनमा ३३ केभीका लागि पिक समयमा प्रतियुनिट आठ रुपियाँ ४० पैसा र अन्य समयमा छ रुपियाँ ६० पैसा र राति ११ बजेदेखि बिहान ५ बजेसम्म ४ रुपियाँ ४५ पैसा प्रस्ताव गरिएको छ । ११ केभी र लो भोल्टेजमा केही बढी प्रस्ताव गरिएको छ ।
पुसदेखि चैतसम्म भने पिक र अन्य समयको मात्र प्रस्ताव गरिएको छ । अफ पिकको सस्तो दर यसमा समेटिएको छैन ।गोरखापत्र अनलाईन


मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२