धनगढीमाई नगरपालिका १ मा छ महिना नबितदै सडक उक्लियो, सम्बन्धित निकायबाट आसवासन मात्र धनगढीमाई नगरपालिका १ मा छ महिना नबितदै सडक उक्लियो, सम्बन्धित निकायबाट आसवासन मात्र

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 7, 2076
  • 63 पटक पढिएको

अनुभक्त चौधरी
सिरहा,फाल्गुन ७ गते ।
सिरहाको धनगढीमाई नगरपालिका १ बाखर र मेदनिपुरमा भएको कालोपत्रे छ महनिा न बितदै उक्लिएको छ ।
आर्थिक वर्ष २०७५।७६ को योजना अनुरुप रु।३० लाखको लागतमा निर्माण भएको सो कालोपत्रे सडकको उपभोगता समिति गठन भएता पनि सो उपभोगता समितिलाई बदर गरि फल्गुनमा ठेक्का पट्टाको कार्य अगाडि बढाइएको थियो । सो ठेक्का धनगढीमाई नपा १ मा रहेको जय बजरंग कन्ट्रकसन प्रा लि मार्फत सो निर्माण कार्य भएको थियो ।

87061327_2840525366039534_567306214195593216_n (1)
निर्माण भएको कालो पत्रे सडक ६ महिना नबित्दै उकिएको स्थानिय सियाराम महतोले बताएका छन् । साढे पाँच मिटर बेस ग्राइभल, ४ मिटर कालो पत्रेको योजना रहेपनि सो बमोजिम सडक निर्माण नभएको स्थानिय महतोको गुनासो छ । निर्माण भएको ४ महिना नबित्दै कालोपत्रे उकिन लागेको नेकपा वडा कमिटि संयोजक नन्दिलाल साहको पनि गुनासो रहेको छ ।
यता मेदनिपुर गाँउमा भएको कालो पत्रे सडकको अवस्था पनि उस्तै रहेको छ ।
अमित निर्माण सेवा कन्ट्रकसन लहान पिररबोनिले ३० लाखको रकममा निर्माण भएको सो सडकको अवस्था पनि उस्ताको उस्तै रहेको छ ।

86857554_660787391335033_6246518581815672832_n
यस बिषयलाई लिएर सम्बन्धित वडाका व्यक्तिहरु गुनासो मँगलवार धनगढीमाई नपाको कार्यलय पुग्दा कोइ पनि सम्बन्धित कर्मचारीहरु नभेटिएकोले मेदनिपुरका नन्दिलाल चौधरीले आक्रोस पोखेका थिए । चौधरीले कार्यालयमा कोइ पनि कर्मचारी नभेटिएकोमा यो त गैर जिम्मेवारी भएको र जनतालाई दुस् ख दिने कार्य भएको आक्रोस व्यक्त गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत गजेन्द्र नाथ शर्मा तालिमको विशेष कार्यले बाहिर गएको र निम्तिमा लेखा अधिकृत पुरुसोतम कुमार प्रसादलाई दिएकोमा वहाँ पनि कार्यको लागी सिरहाको गएको र मोवाईल समेत स्वीच बन्द गरी राखेको अवस्थामा पाएको चौधरी बताए ।
यस विषयमा सम्बन्धित निकायका इन्जिनियर शम्भु कुमार यादबसंग मौखिक रुपमा कुराकानी भए तापनि वहाले अस्वासन मात्रै दिइराखेको थियो । इन्जिनियर यादबको अनुसार कन्ट्रकसनका प्रोपराइटरहरुसंग कुरो भइसकेको छ पुनः बनाइदिने अस्वासन समेत दिएको नेकपा वडा कमिटिका सचिव भोगेन्द्र यादबले बताए ।
कन्ट्रक्सनका प्रोप्राईटर राजेश्वर साहले भने सडक कालो पत्रे हुने बेलामा त्यसबाट गाडीहरु नचलाउनु भन्दा भन्दै पनि कसैले मानेन अहिले गुनासो गरेर हुन्छ तर टिक छ मेरो गाउँ ठाउँको हो म १ वर्ष भित्र बनाई दिने बिचारमा छु ।


मिर्चैया नपामा संयुक्त रुपमा बुझाए ध्यानाकर्षण पत्र

सिरहा,चैत २६ गते । मिर्चैया नगरपालिकाले आफु खुशी राहत वितरण गरिएको विषयमा संयुक्तदलहरुले ध्यानआर्कषण पत

हामी संग चंदा यानी आर्थिक सहयोग लिने बेला घर घर आउनेहरु आज भोली हामी लाई अन्न सहयोग गर्न किन सार्वजनिक स्थलमा सामूहिक भेला गर्दै ः धीरेन्द्र साह सरसफाई अभियन्ता

बर्षो देखि हाम्रो समाजमा कुनै समाजिक , धार्मिक , राजनैतिक एबम मेला नौटंकी सफल बनाउनको लागि समाजका सजग व्यक

युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२