दुई दिनमा ५ अर्बको सेयर दुई दिनमा ५ अर्बको सेयर

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 7, 2076
  • 34 पटक पढिएको

सिरहा,फाल्गुन ७ गते ।

पछिल्ला दुई दिनमा नेप्सेमा ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भयो। सोमबार एक वर्षयताकै कीर्तिमानी व्यापार भएको नेप्सेमा मंगलबार पनि २ अर्बभन्दा बढीको कारोबारले निरन्तरता पायो। विगतमा बजार ओरालो लाग्दा लगातार घटेको व्यापार रकम केही सातायता बढ्न थालेको छ।

व्यापारमा भएको उत्साहप्रद बढोत्तरीले सेयर बजारमा ‘उछाल’ आएको छ। पछिल्लो समय नेपाल धितोपत्र बोर्डले अघि सारेको कानुन संशोधनको प्रस्तावलाई लगानीकर्ताले सकारात्मक रूपमा स्वीकारेको यो घटनाले देखाएको छ। अर्कातिर बैंकले ब्याजदर घटाउन थालेको र अन्य क्षेत्रमा कर्जाको माग कम हुँदा सेयर बजार बढ्ने बाटो खुल्दै गएको धेरैको विश्लेषण छ। यसअघि पनि माओवादी द्वन्द्वको समय र संविधान निर्माण प्रक्रिया अबरुद्ध हुँदा सृजित राजनीतिक संक्रमणका बेलामा पनि सेयर बजार उकालो लागेको थियो। उत्पादनमूलक क्षेत्रमा लगानी जान सकेन भने त्यस्तो पैसा घरजग्गा र सेयर बजारमा थुप्रिने गर्छ। त्यहीकारण नेपाली सेयर बजार अर्थतन्त्रको अप्ठेरो अवस्थामा झनै उकालो लाग्ने गरेको छ।

यससँगै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले केन्द्रीय बैंकबाट बिदा लिनुअघि सेयर धितो कर्जालाई खुकुलो बनाउन सक्ने आशा धेरै लगानीकर्ताले गरेका छन्। सम्भवतः यसै साता जारी हुने यो वर्षको मौद्रिक नीति समीक्षाबाट सेयर बजारलाई प्रवद्र्धन गर्न नीतिगत पहलकदमी उठाउने संकेत गभर्नर नेपालले यसअघि नै गरिसकेका छन्। धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगाना पनि सेयर बजारप्रति सकारात्मक धारणा राख्ने व्यक्तिका रूपमा चिनिन्छन्। उनको आगमनसँगै केही नीतिगत सुधार सुरु हुनुले पनि लगानीकर्ताको मनोबल उकास्न सहयोग पुगेको सेयर ब्रोकर बताउँछन्।

यसले सोमबारको ‘इन्ट्रा–डे’ (दैनिक) व्यापारमा बजार सूचकांकले ‘त्रिपल टप’ अर्थात् तीनवटा उच्च विन्दु बनाएर अघि बढेको थियो। दीर्घकालीन बजार विश्लेषणमा यस्तो आकृतिलाई वृद्धिको प्रस्थानविन्दु मानिन्छ। तर त्यसको ठीक विपरीत, मंगलबार पनि ट्रिपल टप आकृति त बन्यो, तर घट्दो प्रबृत्तिमा। दिनभर उतारचढाब भएको बजार सूचकांक अन्ततः अघिल्लो दिनको तुलनामा बढ्न सफल भए पनि यस्तो आकृतिले भने आगामी दिनमा बजार ओरालो लाग्ने जोखिम दर्शाउँछ।

गत साता आइतबार १३२० अंकभन्दा तल रहेको सेयर बजार त्यसपछि व्यापार खुलेका ७ दिनमा लगातार बढेपछि मंगलबार १४ सय अंक पुगेको छ। सोमबार एकैदिन ३४ दशमलव २६ अंक अर्थात् साढे दुई प्रतिशतभन्दा धेरै बढेको नेप्से मंगलबार भने १.७७ अंकमात्र बढ्न सक्यो। तै पनि समस्टीगत परिसूचक ‘हरियो’ देखिनुले आउँदा दिनमा सेयर लगानीकर्तालाई थप उत्साहित पार्नेतर्फ बजारको सूचक अघि बढेको देखिन्छ।

यद्यपि, नेप्सेको सूचकांक १४ सय अंकको मनोवैज्ञानिक स्तरमा पुगेको र यसअघि लगातार बढेकाले आउँदा दिनमा केही घट्ने जोखिम पनि कायमै छ। सामान्यतयाः ५० ले भाग जाने अंकलाई मनोवैज्ञानिक प्रतिरोध वा टेवा विन्दुका रूपमा पनि लिने गरिन्छ। प्राविधिक विश्लेषणको यो काल्पनिक हतियारले नेपाली सेयर बजारमा धेरैजसो समय अपेक्षित परिणाम दिने गरेको छ।

अन्नपूर्णपोष्ट


लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४

कल्याणपुरको एक घरमा आगलागी

गणेश कुमार शर्मासिरहा,चैत २१ गते । कल्याणपुरको एक घरमा आगलागी भएको छ ।कल्याणपुर नगरपालिका वडा नं. ११ का स्

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२