स्ववियु निर्वाचन स्थगित गरेकोमा राप्रविसंघको आपत्ति स्ववियु निर्वाचन स्थगित गरेकोमा राप्रविसंघको आपत्ति

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 7, 2076
  • 26 पटक पढिएको

सिरहा,फाल्गुन ७ गते ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) ले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन स्थगन गरेर सरकारले प्रजातन्त्रको हत्या गर्न खोजेको आरोप लगाएको छ । आज एक विज्ञप्ति जारी गर्दै उक्त संगठनले सो आरोप लगाएको हो ।

‘राजा र प्रजा मिलेर २००७ साल फागुन ७ गते ल्याएको प्रजातन्त्रको हत्या गर्न खोजिएको छ । प्रधानमन्त्री अर्थात कूलपतिको निर्देशनमा त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचन अनिश्चितकालका लागि स्थगन गर्नुको अभिप्राय यही नै हो,’ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) का अध्यक्ष धनशुर शाहीले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।

‘स्ववियू कुनै संगठन विशेषको पेवा होइन । यो त लाखौं विद्यार्थीको साझा र वैधानिक संस्था हो । यो वा त्यो बहानामा त्रिभुवन विश्वविद्यालय जिम्मेवारीबाट भाग्न पाउदैन । स्ववियू निर्वाचन निर्धारित मिति अर्थात फागुन १४ गते नै सम्पन्न हुनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
 
उक्त अप्रजातान्त्रिक निर्णय फिर्ता लिई पूर्वघोषित निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन सम्पन्न गर्न गराउन समेत सो संगठनले त्रिविसमक्ष जोडदार माग गरेको छ ।

नागरिक न्यूज


मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२