सुरुङ्गा नगरपालिकामा तीन दिने साक्षरता तालिम, आज दोस्रो दिन पनि जारी सुरुङ्गा नगरपालिकामा तीन दिने साक्षरता तालिम, आज दोस्रो दिन पनि जारी

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 5, 2076
  • 57 पटक पढिएको

संजय विश्वकर्मा

लहान ५, फाल्गुन । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा साक्षरता सहजकर्ताहरुका लागी तिन दिने तालिम आईतबार देखी सुरु भएको छ । सुरुङ्गा नागरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भैरहेको तालिममा नगरपालिका भित्रका वडा नं. १ देखी ११ सम्मका प्रति वडा ५ जनाको दरले जम्मा ५५ जनाको साक्षरता सहजकर्ताहरुको सहभागीता रहेको आयोजकले जनाएको छ । हिजो देखी सुरु भएको तालिमको आज दोस्रो दिनमा नेपाल सरकारले देशलाई २०७६ साल भित्र साक्षरता बनाउने लक्ष्य अनुसार सो बिषयमा ब्यापक रुपले छलफल भै रहेको सुरुङ्गा नगरपालिकाका नगर शिक्षा अधिकृत हिरालाल रानाले जानकारी दिनुभयो । अधिकृत रानाका अनुसार सुरुङ्गा नगरपालिकामा फाल्गुन १० गते देखि ३ महिना सम्म प्रत्येक वडामा साक्षरता कक्षा संचालन हुने जनकारी गराए । नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीको प्रमुख आतिथ्य , सामाजिक बिकास समिति संयोजक देबेन्द्र प्रसाद चौधरीको अध्यक्षता , प्रमुख प्रशासकिय अधिकृत सुरेश दहालको बिशिष्ठ आतिथ्यमा तालिमको उदघाटन भएको थियो । सुरुङ्गा नगरपालिकाका अधिकृत धन बहादुर पुलामी , श्रोत ब्यक्ति भोगेन्द्र कुमार यादब , शिक्षक गणेश बहादुर थापा र नगर शिक्षा अधिकृत हिरालाल रानाले तालिममा सहजिकरण गरिरहेको छ । सुरुङ्गा नगरपालिकामा १५ बर्ष माथी उमेर समुहका जम्मा १० हजार ४ सय १९ निरक्षर रहेको एक तथ्याङ्कले देखाएको छ ।


हेल्प मधेसी साउदी अरब को नयाँ कार्यसमिति अनलाईन प्रक्रिया मार्फत चयन

रामनारायण ठाकुरसिरहा,जेठ २५ गते । हेल्प मधेसी साउदी अरब को नयाँ कार्यसमिति अनलाईन प्रक्रिया मार्फत चयन ग

सिराहाका स्वास्थ्यचौकीमा जीवनजल र सिटामोलसमेत पाइँदैन

सिरहा–नरहा गाउँपालिका–५ का ४० वर्षीय जाहिद शेख झाडापखाला लागेपछि नजिकै रहेको स्वास्थ्यचौकी पुगे । स

छठ घाँट निर्माण कार्यमा व्यापक अनियमितता भएको ः स्थानीयको आरोप

अमित ठाकुररौतहट,जेष्ठ २५ गते। राजदेवी नगरपालिका वडा नंबर ८ लक्ष्मीपुरमा रहेको अधारभुत बिधालयको छेउमा रह

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२