'राजपा नेपाल विघटनको पथमा पुगिसकेको छ' 'राजपा नेपाल विघटनको पथमा पुगिसकेको छ'

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 4, 2076
  • 80 पटक पढिएको

सिरहा,फाल्गुन ४ गते । मधेस आन्दोलनका बेला उपेन्द्र यादवकै हाराहारीमा राजकुमार लेखीको चर्चा थियो । दुवैको चर्चाको धरातल मधेस नै भए पनि अडान फरक थियो । दुवैले मधेस आन्दोलनमा परस्पर विरोधी धारणा राखेका थिए । लेखी ‘एक मधेस एक प्रदेश’ हुनुहुँदैन भन्ने मान्यताका साथ सडकमा आएका थिए । त्यतिबेला उनलाई मधेस आन्दोलनको विरोधीसमेत भनिन्थ्यो । उनले मधेसी नेताहरुको खुलेर विरोध गर्थे । थारु समुदायलाई काठमाडौँमा भेला गरेर लेखीले ‘एक मधेस एक प्रदेश’को विरोधमा नारा लगाए ।

मधेस आन्दोलनको विरुद्धमा तत्कालीन एमालेले लेखीलाई उचालेको आरोप पनि लाग्ने गरेको थियो । लेखी त्यतिबेला एमालेमा थिए । तर आज उनी राष्ट्रिय जनता पार्टी नेपालका महासचिव भएका छन् । जसको विचार, एजेन्डाको विरोध गरेर नेता भए, उनी आज त्यही पार्टीका महासचिव भए । तर उनी राजपा नेपाल पार्टीमा पनि सन्तुष्ट छैनन् । प्रस्तुत छ, यही सेरोफेरोमा राजपा नेपालका महासचिव राजकुमार लेखीसँग गरेको कुराकानीः
 
राजपा नेपालको महासचिवका रूपमा तपाईको राजनीति कसरी अगाडि बढिरहेको छ ?
–नेपालमा राजपा नेपाल होस् वा अरू पार्टी होस्, सबैको हविगत उस्तै देख्छु । पार्टीभित्र त्याग, बलिदान र सङ्घर्ष गरेका नेताहरु सबैको स्थिति दयनीय नै देख्छु । पार्टीहरुको अवस्था पनि उस्तै उस्तै छ । राजपा नेपाल एउटा बलियो पार्टी होलाजस्तो लागेको थियो तर अहिले मलाई पार्टीजस्तो पनि हुन नसकेको अनुभूति भइरहेको छ । म प्रष्ट भन्दैछु, म कुनै हिच्किचाहट विना बोल्दैछु, राजपा नेपाल अहिलेको स्थितिमा पार्टी पनि बन्न सक्दैन । राजपा नेपालको जुन आकार छ, त्यो पनि रहँदैन, पार्टी विघटनतिर जान्छ र यस पार्टीमा रहेका युवा नेताहरुको भविष्य अन्धकार छ ।
तपाईं आफैँ त्यो पार्टीको महासचिव हुनुहुन्छ, त्यही पार्टीका युवा नेताहरुको भविष्य अन्धकारतिर जान्छ भन्दै हुनुहुन्छ, अनि तपाईंको अवस्था चाहिँ कस्तो हुनेछ त ?

–यो पार्टीभित्र रहेका युवा तथा होनहार नेताहरुको भविष्य अन्धकार नहोस् भनेर मजस्ता थुप्रै साथीहरुले चिन्ता व्यक्त गर्दै आउनुभएको छ । राजपा नेपाल एउटा पार्टीकै रूपमा अघि बढ्न सकोस् भन्ने हाम्रो कामना हो । यसमा हामीले गर्न सक्ने जति पहल गरिरहेकै छौँ ।

जुन पार्टीको दुई वर्षसम्म कुनै बैठक बस्दैन, नीति, सिद्धान्त र विचारको बारेमा जहाँ एक घण्टा पनि छलफल हुँदैन, त्यो पार्टी जीवन्त रहन सक्दैन । यदि यो अवस्थालाई चिरेर, यो अवस्थालाई सच्याएर अगाडि बढेन भने निश्चित रूपमा यो पार्टी विघटन भएर जान्छ ।


सच्चिनका लागि आफूभित्र इच्छाशक्ति हुनुपर्छ । हामी ठीक गरिरहेका छैनौँ, हामी बेठीक बाटोमा छौँ, हाम्रो कार्यशैली ठीक भएन भनेर तपाईंले जबसम्म महसुस गर्न सक्नुहुन्न तबसम्म कुनै उपाय नै छैन । तर यो कुराको अनुभूति नै छैन उहाँहरुमा । हामी ठीक बाटोमा छैनौँ, हाम्रो कार्यशैलीले पार्टीलाई हानि पुगेको छ, क्षति पुगेको छ भन्ने अनुभूति उहाँहरुमा पाइएको छैन ।


तपाईं त्यत्रो सङ्घर्ष गरेर आउनुभएको नेता, सङ्गठन हाँकेर आउनुभएको व्यक्ति, पार्टीको महासचिव हुनुहुुन्छ, त्यो पार्टी राम्रो बनाउन तपाईंको पनि त भूमिका रहला नि ?

–हामीले यस बारे पटक पटक चिन्ता जाहेर गरेका छौँ । कमसे कम पार्टीको आफ्नो एउटा दृष्टिकोण स्पष्ट हुनुपर्छ । पार्टीको राजनीतिक कार्यक्रम, पार्टीको आन्तरिक व्यवस्थापन, पार्टीलाई जीवन्त राख्न प्रशिक्षणजस्ता आधारभूत कुराहरु अगाडि बढाउनुस् । तर विडम्बना, यो पार्टीभित्र कसैको कुरा सुनुवाइ हुँदैन । यहाँसम्म कि अध्यक्षमण्डलका ६ जना सदस्यहरुको बीचमा पनि यो विषयमा कुराकानी होलाजस्तो मलाई लाग्दैन । त्यसकारण पार्टीमा यस्तो समस्या देखिएको हो ।

समाधानका केही उपाय त होलान् नि, खाली समस्या मात्र देखाउने ?

–सच्चिनका लागि आफूभित्र इच्छाशक्ति हुनुपर्छ । हामी ठीक गरिरहेका छैनौँ, हामी बेठीक बाटोमा छौँ, हाम्रो कार्यशैली ठीक भएन भनेर तपार्इंले जबसम्म महसुस गर्न सक्नुहुन्न तबसम्म कुनै उपाय नै छैन । तर यो कुराको अनुभूति नै छैन उहाँहरुमा । हामी ठीक बाटोमा छैनौँ, हाम्रो कार्यशैलीले पार्टीलाई हानि पुगेको छ, क्षति पुगेको छ भन्ने अनुभूति उहाँहरुमा पाइएको छैन ।

तपाईं त्यस्तो भन्नुहुन्छ तर पार्टीको कुनै पनि काम रोकिएको छैन । मन्त्री बनेकै छन्, राजनीतिक नियुक्तिहरु भएकै छन्, चुनावमा भाग लिएर केही सीटहरु जितेकै छ, चुनावी तालमेल भएकै छ । एउटा जीवन्त पार्टीले गर्नुपर्ने हरेक काम भइरहेकै छ, यो अवस्थामा कसरी पार्टी विघटनतिर जाँदैछ भनेर विश्वास गर्ने ?

–निर्वाचन, मन्त्रीमण्डल बन्नु भनेको राजनीतिक प्रक्रियाभित्रका महत्त्वपूर्ण अङ्ग हुन् । यो सधैँ हुने कुरा होइन । राजनीतिक प्रक्रियामा कहिलेकाहीँ हुने कुरा मात्र हो त्यो । तर चुनावमा भाग लिँदैमा, मन्त्री बनाउँदैमा, गठबन्धन बनाउँदैमा सबै कुरामा पूरा भयो भनिठान्नु हुँदैन । कुनै समयमा निर्वाचन आउँछ, निर्वाचनमा भाग लिनु, कसैसँग तालमेल गर्नु स्वाभाविक प्रक्रिया हो । मन्त्रीमण्डल बन्नु, सरकारमा जानु, त्यो एउटा घटनाक्रम हो ।


मैले त पार्टीलाई सचेत गराउने हो । पार्टीलाई आफ्नो सल्लाह सुझाव दिने हो । त्यो सल्लाह सुझाव वर्षमा एक, दुई पटक वा कहिलेकाहीँ राख्ने अवसर जुट्छ । अन्यथा पार्टीको कुनै पनि फोरममा हामी कुनै पनि साथीलाई देख्दैनौँ । त्यो अवसर नै कसैलाई प्राप्त हुँदैन । पार्टीका अध्यक्षमण्डलका ६ जना सदस्य नै पार्टी हो जस्तो लाग्छ । उहाँहरु नै पार्टीको सर्वैसर्वा हो जस्तो लाग्छ । पार्टीलाई जीवन्त राख्न उहाँहरुले मात्र सम्भव छैन । अरू नेताहरु पनि चाहिन्छन् भन्ने अनुभूति नेताहरुमा देखिँदैन ।


एउटा जीवन्त पार्टीमा थुप्रै कुराका प्रक्रिया पूरा गर्नुपर्छ । पार्टीभित्रका कुनै पनि जनवर्गीय सङ्गठन निर्माण नहुनु, पार्टीभित्र रहेका जनवर्गीय सङ्गठनको बैठक नहुनु, पार्टीले आफ्नो मातहतका कुनै पनि सङ्गठनलाई सर्कुलर जारी नगर्नु र सानो सानो विषयमा निर्णय लिन नसक्नु, यो अकर्मण्यताबाट गुज्रिनु भनेको पार्टी विघटनको बाटोतिर जानु हो । तपाईं सानो सानो विषयमा निर्णय गर्न सक्नुहुन्न, बैठक बस्न सक्नुहुन्न भने मलाई लाग्छ कुनै पनि सङ्गठन, कुनै पनि पार्टी समाप्तिको बाटोतिर जान्छ । अहिले राजपा नेपाल त्यही अवस्थाबाट गुज्रिरहेको अवस्था छ ।

पार्टी एकीकरण गरेदेखि तपाईंले नै यस प्रकारको असन्तुष्टि राख्दै आउनुभएको छ, अझै असन्तुष्टि जनाइरहने कि अरू कुनै कदम चाल्नुहुन्छ ?

–मैले त पार्टीलाई सचेत गराउने हो । पार्टीलाई आफ्नो सल्लाह सुझाव दिने हो । त्यो सल्लाह सुझाव वर्षमा एक, दुई पटक वा कहिलेकाहीँ राख्ने अवसर जुट्छ । अन्यथा पार्टीको कुनै पनि फोरममा हामी कुनै पनि साथीलाई देख्दैनौँ । त्यो अवसर नै कसैलाई प्राप्त हुँदैन । पार्टीका अध्यक्षमण्डलका ६ जना सदस्य नै पार्टी हो जस्तो लाग्छ । उहाँहरु नै पार्टीको सर्वैसर्वा हो जस्तो लाग्छ । पार्टीलाई जीवन्त राख्न उहाँहरुले मात्र सम्भव छैन । अरू नेताहरु पनि चाहिन्छन् भन्ने अनुभूति नेताहरुमा देखिँदैन । उहाँहरुले नै आफूलाई सबै थोक ठान्नुहुन्छ । त्यसैले सबै कुरा बिग्रेको छ । यसको मुख्य दोषी नै अध्यक्ष मण्डलका ६ जना हुनुहुन्छ ।

तपाईं थारु, आदिवासी जनजातिको मुद्दालाई लिएर आउनुभयो । मधेस आन्दोलनका क्रममा तपार्इंले थारुको मुद्दा जसरी उठाउनु भयो, त्यसले तपाईंलाई एकाएक चर्चित पनि बनायो । तपाईं जुन मिसनले राजनीतिमा आउनुभयो, त्यो मिसन अहिले कुन अवस्थामा छ ?

–एउटा समय, कालखण्ड थियो, हामीले आफ्नो एजेन्डा उठाएर संविधान निर्माण भइरहेको बेला निरन्तर आन्दोलनमा रह्यौँ । कतिपय माग पूरा पनि भयो, कतिपय माग पूरा हुन बाँकी छ । यो देशमा पुष्पलालजीले, मनमोहन अधिकारीले, मदन भण्डारीले उठाउनु भएका कतिपय एजेन्डाहरु अझै पूरा हुन बाँकी छ । बीपी कोइरालाले, गणेशमान सिंहले उठाउनु भएका कतिपय मुद्दाका माग पूरा भए, कति अझै बाँकी होलान् । मैले सुरु गरेको थरुहट आन्दोलन, मैले नेतृत्व गरेको आदिवासी जनजाति आन्दोलनको अवस्था पनि त्यही नै छ । यो निरन्तर चल्ने प्रक्रिया हो । सबै मेरै कार्यकालमा पूरा हुनुपर्छ भनी चाहना हुनु स्वाभाविक हो तर नहुँदो रहेछ । त्यसका लागि प्रयास जारी राख्नुपर्छ ।

तपाईं मूलधारको राजनीतिमा आएपछि त्यो मिसन, त्यो एजेन्डा छाडिदिनुभयो कि अझै बोकेर हिँडिरहनुभएको छ ?

–बाटो अलिकति फरक भएको छ । त्यही फरक बाटोबाट ती एजेन्डालाई उठाइरहेका छौँ । हामीले आफ्ना मुद्दा थरुहट थरुवान राष्ट्रिय मोर्चा, थारु कल्याणकारिणी सभा, नेपाली आदिवासी जनजाति महासङ्घमार्फत उठाइरहेकै छौँ । यी सङ्घ संस्थामार्फत माग सम्बोधन हुने अलि समय लाग्ने देखिएपछि मूलधारको राजनीतिमा आएर राजनीतिक दलमार्फत कुरा उठाउने सोच बनाएर नै राजपा नेपालसँग एकीकरण गरेँ तर त्यो सोच मैले राजपा नेपालमा कहिल्यै पाइनँ ।


आन्दोलनका क्रममा जुन साथीहरु थुनामा पर्नुभयो, उहाँहरुको रिहाइ त एउटा एजेन्डा हो नै, तर अहिले पनि सीमाङ्कनको कुरा, समावेशीको कुरा, पहिचानको कुरा यथावत छ । सङ्घीयताको मर्मअनुसार संविधान संशोधन हुनुपर्छ भन्दै आएका छौँ । यो माग यथावत नै छ ।


भन्नाले तपाईंले आफ्नो सोचअनुसार काम गर्न पाउनु भएन, अब के गर्नुहुन्छ ? ट्रयाक चेन्ज गर्नुहुन्छ कि जसोतसो त्यहीँ बसेर सङ्घर्ष गर्नुहुन्छ ?

–होइन, अहिले राजपा नेपालमै रहेर आफ्नो एजेन्डाअनुसार काम गर्ने प्रयास गर्छु । प्रयास गर्दा गर्दै पनि केही भएन भने राजनीतिमा जहिले पनि विकल्प खुल्ला हुन्छ । राजनीतिमा सम्भावनाका ढोका कहिल्यै पनि बन्द हुँदैनन् । राजपा नै मेरो निम्ति सबैथोक हो भने कुरा मैले ठान्नु हुँदैन र कसैले पनि सोच्नु हुँदैन । कुनै पनि राजनीतिक कार्यकर्ताले यही पार्टीबाट वा एउटै पार्टीबाट सबै थोक हुन्छ भन्ने सोच्नु हुँदैन । त्यसैले जहाँ छु, त्यहाँ सकेसम्म सङ्घर्ष गर्छु, नभए विकल्प खोज्छु ।

एक समय तपाईं मधेसको नामसमेत सुन्न चाहनुहुन्थेन, मधेस शब्द काटेर तराईं लेख्नु भएको थियो, उपेन्द्र, राजेन्द्र, महन्थ लगायतको राजनीतिक एजेन्डालाई बानेश्वरमा च्यात्नु भएको थियो, तपाईंले आफ्नो दस्तावेजमा मधेस नै छैन भनेर लेख्नुभयो । मधेस आन्दोलनको विरोधीजस्तै तपाईंको भूमिका थियो तर अहिले त्यही कुराहरुलाई स्वीकार गर्दै राजेन्द्र महतो, महन्थ ठाकुरहरु भएको पार्टीमा आउनुभयो, यो कसरी सम्भव भयो ?

–हो त्यतिबेला उहाँहरुसँग मेरो फरक मत थियो । मेरो फरक मतलाई उहाँहरुले त्यतिबेला स्वीकार गर्नुभयो । मेरो फरक मतलाई स्वीकार गरेपछि मात्र राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीसँग एकता गरेँ । १० बुँदे सहमतिमा उहाँहरुले स्वायत्त थरुहट प्रदेश स्वीकार गर्नुभएको थियो । ‘एक मधेस एक प्रदेश’लाई अस्वीकार गर्नुभएको थियो ।

उहाँहरुले ‘एक मधेस एक प्रदेश’ त्यागेर सिङ्गै थरुहट प्रदेश हुने स्वीकार गर्नुभयो कि मधेस प्रदेश पनि रहने र थरुहट प्रदेश पनि रहने भन्ने कुरालाई स्वीकार गर्नुभयो ?

–होइन, मधेस प्रदेश पनि रहने र थरुहट स्वायत्त प्रदेश पनि रहने कुरामा उहाँहरु सहमत हुनुभएको थियो । हामीले सुरुदेखि नै ‘एक मधेस एक प्रदेश’ पनि हुँदैन, एउटै थरुहट प्रदेश पनि हुनसक्दैन भन्दै आइरहेका थियौँ । अन्ततः उहाँहरुले त्यो कुरालाई स्वीकार गरेपछि हामीले उहाँहरुसँग एकीकरण गरेका हौँ । हामी त्यहाँ जाँदा १० बुँदे सहमति गरेर गएका थियौँ । हामी दुवै शक्ति आन्दोलनकारी शक्तिको रूपमा थियौँ । मलाई के लाग्यो भने एक्लै एक्लै राज्य सत्तासँग लड्न गाह्रो हुन्छ । त्यसकारण आन्दोलनकारी शक्तिहरुको बीचमा एकता–एकीकरण गरेर गयौँ भने आफ्नो एजेन्डा, मुद्दामा सफलता प्राप्त गर्न सहज हुन्छ भनेर नै हामीले एकता गरेका थियौँ ।

त्यो १० बुँदे सम्झौता कार्यान्वयन भइरहेको छ ?

–त्यो १० बुँदे सम्झौता उहाँहरुले पालना गर्नुभएको छैन । म आफ्ना कुरा पार्टीमा राखिरहेको छु तर सुनुवाइ भएको छैन । उहाँहरुले पार्टीमा रहेका कुनै पनि नेताको अस्तित्वलाई स्वीकार गर्नुभएको छैन ।


साथीहरु कहिलेकाहीँ किन विभाजित हुनुहुन्छ, त्यो कुरा मैले पनि बुझ्न सकेको छैन । भदौ ८ गते टीकापुरमा राष्ट्रिय सम्मेलन आयोजना गरेका थियौँ तर केही वर्तमान सांसद र केही पूर्व सांसदहरुले त्यसको विरोधमा विज्ञप्तिमा जारी गर्नुभयो । उहाँहरुले कुन रिस वा डाहले गर्नुभयो, त्यो थाहा भएन तर सम्मेलन पूर्णरूपमा सफल भयो ।


तपाईंसँग भएको १० बुँदे सम्झौता पार्टीभित्रै कार्यान्वयन भइरहेको छैन भने राजपा नेपालले सरकारसँग भएको २२ बुँदे, ८ बुँदे २ बुँदे लगायतका सहमति कार्यान्वयन भएन भनेर गुनासो गर्नुको के अर्थ रह्यो र ?

–हो, उहाँहरुले सरकारले हाम्रो माग पूरा गरेन भनिरहनुभएको छ तर उहाँहरुले हामीसँग गरेको १० बुँदे सम्झौता कार्यान्वयन गर्नुभएको छैन । दुवै परिस्थिति उस्तै हो । आफ्नै पार्टी प्रजातान्त्रिक भएन, आफ्नै पार्टी लोकतान्त्रिक भएन भन्ने अवस्था छ । हामीले क्लस्टरको कुरा गरेका थियौँ । संविधानमा क्लस्टरको व्यवस्था गरे पनि पार्टीमा त्यो भएन । पार्टीका नेताले राज्यमा समानुपातिक समावेशी भएन भन्ने तर पार्टी नै समावेशी छैन । अरूसँग माग्ने तर आफ्नै पार्टीमा त्यो लागू नगर्नु भनेको सङ्कीर्णता हो । त्यसैले यो अवस्था सुधार गर्न पार्टीमा पटक पटक आग्रह गरेको छु ।

थारु समुदायको आन्दोलन अहिले कहाँ पुग्यो त ?

–थारु समुदायको माग र मुद्दाको बारेमा जिम्मेवार ठाउँमा रहेका साथीहरुबाट पर्याप्त चासो र चिन्ता बहन भएको मलाई लागेको छैन । थारुका लागि जति काम हुनुपर्ने, त्यसको मुद्दा जति उठ्नुपर्ने हो, त्यो उठेको छैन । त्यही थारु कल्याणकारिणी सभा हो, त्यही आदिवासी जनजाति महासङ्घ हो जसले निरन्तर सबै राजनीतिक दल, नेपाल सरकार लगायत सरोकारवालासँग आफ्नो कुरा राख्ने गथ्र्यो । थारुको मुद्दालाई स्थापित गर्ने यी दुवै सङ्गठन हुन् । यसले धेरै काम गरेको थियो, जसको चर्चा अहिलेसम्म सेलाएको छैन । तर अहिले पर्याप्त काम भइरहेको छैन । घरमै आएर कसैले अधिकार दिँदैन, त्यसका लागि सङ्घर्ष गर्नुपर्छ तर प्रयासमा कमी भएको पाएको छु । जसरी सङ्गठित भएर आउनुपथ्र्यो, त्यो देखिएको छैन । टुक्रा टुक्रा अवस्थामा छन् । जसले गर्दा पर्याप्त काम भएको छैनजस्तो लाग्छ ।

तपाईंले अहिले पनि जिम्मेवारी लिएर काम गर्दा हुँदैन र ?

–म अहिले उता (थरुहट) तर्फको कुनै पनि जिम्मेवार ठाउँमा छैन । काम गर्ने कुरा एउटा हो तर नेतृत्वमा रहेर काम गर्नु अर्को कुरा हो । जुन महत्त्व नेतृत्वमा रहेर काम गर्दा हुन्छ, त्यो सामान्य अवस्थामा हुँदैन । काम त जहाँबाट जसरी पनि गर्न सकिन्छ तर महत्त्व त्यसकै हुन्छ, जसले नेतृत्वमा बसेर काम गरिरहेका हुन्छन् । यद्यपि म जहाँ छु, जुन अवस्थामा छु, त्यहाँबाट थारुका लागि काम गरिरहेकै छु ।

अहिले थारुको मुद्दा रेशम चौधरीको रिहाइमै सीमित भएको छ, वास्तवमा मुद्दा त्यति हो कि अरू पनि छन् ?

–आन्दोलनका क्रममा जुन साथीहरु थुनामा पर्नुभयो, उहाँहरुको रिहाइ त एउटा एजेन्डा हो नै, तर अहिले पनि सीमाङ्कनको कुरा, समावेशीको कुरा, पहिचानको कुरा यथावत छ । सङ्घीयताको मर्मअनुसार संविधान संशोधन हुनुपर्छ भन्दै आएका छौँ । यो माग यथावत नै छ ।

थरुहट आन्दोलन अहिले कमजोर अवस्थामा पुगेको देखिन्छ, तपाईंको बुझाइ के छ ?

–लक्ष्मण थारु र मसँगै छौँ । थरुहट आन्दोलनको बारेमा थारुवान मुक्ति मोर्चामा छलफल भइरहेको हुन्छ । त्यही मोर्चाबाट केही गरौँ भन्ने सोचमा छौँ, अर्को विकल्पका बारेमा सोच्ने कुरा छँदैछैन ।


म सबै थारुको बारेमा बोल्छु । देशभरीका थारुको बारेमा बोलेको छु । थारुले अधिकार पाए भने देशभरीका थारुले पाउनेछन् । थारुले पहिचान पाउँदा पश्चिमकाले मात्र होइन पूर्वका थारुले पनि पाउनेछन् । त्यसैले पूर्वका थारु र पश्चिमको थारु भन्ने विषय नै होइन । समग्रमा कुरा उठाउनु पर्छ । पश्चिममा कमैया, कमलरी प्रथा छ, पूर्वभन्दा पश्चिममा थारुहरु अलि बढी पीडित छन् जस्तो लाग्छ । पूर्वमा कमैया र कमलरी प्रथा छैन । यद्यपि थारुमाथिको विभेद देशभरी एकै प्रकारको छ ।


थरुहट आन्दोलनमा पनि विवाद देखिएको छ, थारुहरुको राष्ट्रिय सम्मेलन हुँदा एउटा समूह सम्मेलनमा थियो भने अर्को समूहले विज्ञप्ति जारी गरेर विरोध गरिरहेको थियो, त्यस्तो किन ?

–साथीहरु कहिलेकाहीँ किन विभाजित हुनुहुन्छ, त्यो कुरा मैले पनि बुझ्न सकेको छैन । भदौ ८ गते टीकापुरमा राष्ट्रिय सम्मेलन आयोजना गरेका थियौँ तर केही वर्तमान सांसद र केही पूर्व सांसदहरुले त्यसको विरोधमा विज्ञप्तिमा जारी गर्नुभयो । उहाँहरुले कुन रिस वा डाहले गर्नुभयो, त्यो थाहा भएन तर सम्मेलन पूर्णरूपमा सफल भयो ।

थारुको कुरा हुँदा पश्चिमका थारुको मात्र चर्चा हुन्छ । थारुहरु पूर्वमा पनि छन्, तपाईं पनि पूर्वकै हुनुहुन्छ तर पूर्वका थारुहरुको बारेमा त्यति कुरा हुँदैन, किन ?

–मलाई त्यस्तो लाग्दैन । म सबै थारुको बारेमा बोल्छु । देशभरीका थारुको बारेमा बोलेको छु । थारुले अधिकार पाए भने देशभरीका थारुले पाउनेछन् । थारुले पहिचान पाउँदा पश्चिमकाले मात्र होइन पूर्वका थारुले पनि पाउनेछन् । त्यसैले पूर्वका थारु र पश्चिमको थारु भन्ने विषय नै होइन । समग्रमा कुरा उठाउनु पर्छ । पश्चिममा कमैया, कमलरी प्रथा छ, पूर्वभन्दा पश्चिममा थारुहरु अलि बढी पीडित छन् जस्तो लाग्छ । पूर्वमा कमैया र कमलरी प्रथा छैन । यद्यपि थारुमाथिको विभेद देशभरी एकै प्रकारको छ ।

तपाईंले प्रदेश २ को नीति आयोगमा पनि काम गर्नुभयो, त्यहाँको कामबारे नजिकबाट नियाल्नु भयो, कस्तो भइरहेको छ त्यहाँको काम ? सरकार कसरी सञ्चालन भइरहेको छ ?

–हामीले नीति आयोगमा गएको केही समयपछि पत्रकारहरुसँग एउटा भेटघाट राखेका थियौँ । हामीले केही सुझावहरु लियौँ । हामीलाई धेरै कुरा थाहा भयो । पत्रकारहरुलाई त्यहाँका धेरै कुरा थाहा थियो । हामीले काम अगाडि बढाउने क्रममा प्रदेश २ सरकारको काम गर्ने शैलीको कारण सरकार सफलतातिर गइरहेको छैन भनेर विभिन्न छलफलमा कुरा उठाउँथ्यौँ । मुख्यमन्त्रीसँगको छलफलमा पनि हामीले यो कुरा उठायौँ । तर उहाँहरुले स्वीकारेको जस्तो पनि गर्ने तर सुधार गर्नेतिर गएजस्तो देखिएन ।

एक पटक सुशासन र पारदर्शिताका विषयमा औपचारिक कार्यक्रम थियो । त्यसमा तत्कालीन नीति आयोगका उपाध्यक्ष हरिवंश झाले सुशासन र पारदर्शिताको कुरा कहाँबाट सुरु गर्ने भनेर बुझ्न नसकेका बताउनुभयो । ‘कुरा हामी सुशासन र पारदर्शिताको गर्छौं तर बिना मेकानिज्म, बिना संयन्त्र ६, ६ करोड रुपैयाँ प्रदेश सांसदले खर्च गर्छन्, हामी आफैँ पारदर्शी छैनौँ अनि अरूलाई पारदर्शिताको कुरा कसरी गर्न सक्छौँ ?’ भनेर उहाँले भन्नुभएको थियो । यस्ता कुराबाट प्रदेश सरकारले शिक्षा लिनुपर्ने थियो तर सरकार अर्कै रूपबाट अगाडि बढ्यो ।

प्रदेश सरकारमा सुशासन र पारदर्शिता देखिएको छैन । त्यसमा प्रदेश सरकार चुकेको हो कि भनी प्रश्न उठेको छ । सफलताको बाटोमा प्रदेश सरकार गइरहेको छैन । तर उहाँहरु सचेतसम्म पनि हुनुभएको छैन । अहिले प्रदेश २ का बेथितिका धेरै कुरा बाहिर आइरहेका छन्, यसको परिणाम देखिँदैजाने छ ।  रातो पाटी


मासु पसल, दुध डेरीमा अनुगमन

सिरहा, असार १९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योगलाई अनुगमन गरिए

सिरहाको औरहीमा नागरिकता विधेयक विरुद्ध भैसी जुलुस

  सिरहा,असार १८ गते  । अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरह

राजु सदाको परिवारलाई थर्ड एलाइन्सको सहयोग, अस्पतालको लाहप्रवाहीको कारण मृत्यु

असार १३ गते, जनकपुर विनोद कुमार महरा आर्थिक रुपमा विपन्न राजु सदाको बुवा अशेश्वर सदालाई तराइ मानवअधिकार र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२