दश रुपैयामा खाना खुवाउने दिलिप लाई संस्कृति मंचले गर्यो सम्मान

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: फाल्गुन 2, 2076
  • 268 पटक पढिएको

राजेश शर्मा
बिराटनगर,फागुन २ गते । मोरङको बिराटनगरमा दस रुपैयामा पछिल्लो ५० दिन देखि निरन्तर पेट भरी खाना खुवाउदै आएका समाजसेवी दिलीप धरेवालाई भारत नेपाल सामाजिक संस्कृति मंचद्वारा सम्मान गरिएको छ । सम्मानित गर्दै मंचका अध्यक्ष राजेश कुमार शर्माले भने आजको दिनमा यस्तो महगों समयमा दश रुपैया नेपालीमा एक कप चिया पीउन नपाउने तर समाजसेवी दिलीपले दश रुपैयामा सुद्ध खानाको ब्यवस्थापन गरि समाजमा रहेका गरीब जनता लाई सेवा दिएर एउटा निकै नै अदभुत सेवा प्रदान गरेको छ । हरेक दिन ११०० भन्दा बढी जना लाई मात्र दस रुपैयामा खाना खुवाएर आफैमा निकै नै प्रशंसाको पात्र बन्न पुगेको बताए ।
त्यस्तै बृहत मदेशी नागरिक समाजका अध्यक्ष सूर्यनाथ सिंह कुशवाहाले भने संस्कृति मंच द्वारा दुइटै देश बीच भौगोलिक स्तर बाट समाज सेवा गरि रहेकालाई खोजी खोजि सम्मानित गर्दा समाजमा अरु समाजिक कार्यकर्ताहरुलाई अझै उत्साहित हुने र आझ राम्रो गर्न लाई प्रेरणा पाउने बताए ।

दिलीप द्वारा गरीब मजदूर सहित अन्य सबै वर्गी को नाम मात्रको राशिले गरिएको खानाको ब्यवस्थापनले पुरै सीमाँचल वासी नै गौरवान्वित भएको बताए। यस्तो समाजसेवी लाई पहिचान गरि मंचले सम्मानित गरि अझ राम्रो गर्न लाई प्रेरणा दिएकोमा साधुवादको संज्ञा दिए ।

दिलीप धरेवा संग सुरु देखि नै सेवामा सहयोग गर्दै आएका राजपाका जिलाध्यक्ष महोमद कादिरले भने कुनै निसहाय भोकै नरहोस भन्ने एउटा सानो प्रयास मात्र रहेको बताए। सम्मान कार्यक्रममा मंच द्वारा निशुल्क खानाको ब्यवस्थापनमा सहयोग गर्दै आएका मोहम्मद कादिर, टिवंकल कुमारी, बिनीता धरेवा, शान्ति श्रेष्ठ सहित अन्य कार्यकर्तालाई नागरिक समाजका सूर्यनाथ सिंह, मंचका सचिव निर्मला देव , दीपक रायले संयुक्त रूपमा शाल माला लगाएर सम्मानित गरिएको थियो ।

 


मिर्चैया नपामा संयुक्त रुपमा बुझाए ध्यानाकर्षण पत्र

सिरहा,चैत २६ गते । मिर्चैया नगरपालिकाले आफु खुशी राहत वितरण गरिएको विषयमा संयुक्तदलहरुले ध्यानआर्कषण पत

हामी संग चंदा यानी आर्थिक सहयोग लिने बेला घर घर आउनेहरु आज भोली हामी लाई अन्न सहयोग गर्न किन सार्वजनिक स्थलमा सामूहिक भेला गर्दै ः धीरेन्द्र साह सरसफाई अभियन्ता

बर्षो देखि हाम्रो समाजमा कुनै समाजिक , धार्मिक , राजनैतिक एबम मेला नौटंकी सफल बनाउनको लागि समाजका सजग व्यक

युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२