देशमा जनता राज ल्याउनमा महान जनयुद्धको उपहार हो: नेता बरबरिया

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: फाल्गुन 1, 2076
  • 250 पटक पढिएको

धनुषा फागुन १ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरियाले देशमा जनता राज ल्याउनमा महान जनयुद्धको २५ औं उपहार रहेको बताउनुभयो ।
आज (विहिबार) नेकपाका भातृ सँगठन राष्ट्रिय युवा सँघ नेपालले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेता बरबरियाले देशको आमूल परिवर्तनमा जनयुद्ध वरदान साबित भएको बताउनुभएको छ ।
 
उहाँले जनयुद्धको उपलब्धी सँस्थागत हुँदा नेपालमा स्वतन्त्रता र जनताले आफ्नो अधिकार उपभोग गर्न पाएको बताउनुभयो । नेपालका दलित, पीछडा वर्ग, उत्पीडनमा परेका वर्ग, अल्पसँख्यक, गरिब, विपन्नहरुको अधिकारको लागि भएको जनयुद्धको सबभन्दा अमूल्य उपहार भएको बताउनुभयो । जनयुद्धबाट आएको परिवर्तनकै कारण आज नेपालमा जनताको शासन भएको बताउनुभयो ।
 
नेकपाका केन्द्रीय सदस्य रहनुभएका नेता बरबरियाले २५ औं जनयुद्ध दिवसको अवसरमा बोल्दै उहाँले जनयुद्धको वरदानलाई सँस्थागत गरिराख्नुपर्ने आवश्यता औल्याउनुभयो । युवा संघका धनुषा जिल्ला अध्यक्ष सरोज यादवको अध्यक्षता जनकचोकमा आयोजना गरिएको सो कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य रत्नेश्वर लाल गोईत, केन्द्रीय सदस्य महादेव यादव, जिल्ला सचिव दीपक यादव ,लक्ष्मी नारायण भगत राम उदगार यादव , दिनेश सिंह , दीपक पटेल , दिप नारायण साह , मुकेश गोईत , उदय यादव , नबीन झा लगायत दर्जनौ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
 
सोही क्रममा २५ औं जनयुद्ध दिवसको अवसर पारेर शहिदको इतिहास बोकेको धनुषाको शहिदनगर नगरपालिकाले एक दिने सार्वजनिक विदा सहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।
 
नेकपाको शहिदनर नगर समिति कार्यालयले आयोजना गरेको श्रद्धाञ्जली सभामा वक्ताहरुले शहिदको गुनगान गरेका थिए । नेकपाका सुरेश कापरको प्रमुख आतिथ्य, नगर ऊप प्रमुख शिला देबी कापरको विशिष्ट आतिथ्यमा सम्पन्न गरिएको श्रद्धाञ्जली सभामा नेता तथा कार्यकर्ताहरुले स्थानीय तह र शहिदनगर नगरपालिका पनि जनयुद्धकै उपहार भएको बताएका थिए ।
 
श्रद्धाञ्जली सभामा वडा अध्यक्ष तनुक लाल यादब, राम ऐकबाल मण्डल, हलखोरि कापरको विशेष सहयोग सहित राम कुमार यादब, सदरे आलम , कुसेसवर पासमान , राम कुमार महतो, मिथलेश मण्डल, मनोज मण्डल, रुपेश बिराजीले व्यवस्थापन गरेको थियो । २५ औं जनयुद्ध दिवसको अवसरमा शहिदनगर नगरपालिकाको सबै चोकहरुमा जनयुद्धकालमा ज्यान गुमाएका शहिदहरुप्रति नमन गर्दै दीप प्रज्वलन गरिएको हो ।
शहिदनगरको भठ्ठी चोक, स्कूलचोक, हनुमानचोक, नाथपट्टीचोक, डुमरियाचोक लगायतका अन्य चोकहरुमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
 
 


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२