२८ वर्षमा चार हजार एक सय घन्टा उड्यो सेनाको ‘एल्लोइड थर्ड’ हेलिकोप्टर २८ वर्षमा चार हजार एक सय घन्टा उड्यो सेनाको ‘एल्लोइड थर्ड’ हेलिकोप्टर

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 1, 2076
  • 31 पटक पढिएको

सिरहा,फाल्गुन १ गते । नेपाली सेनाको ‘एल्लोइड थर्ड’ हेलिकोप्टरले २८ वर्षमा ४ हजार १ सय २१ घन्टा उडान गरेको छ । यो अवधिमा ९ हजार ७ सय ५२ पटक ल्याण्डिङ गरेको छ । अन्तिम पटक २ चैत २०७५ मा होलिकोप्टरले उडान भरेको थियो ।

करिब एक वर्षदेखि प्रयोगविहीन भएपछि बुधबार सेनाले अध्ययन प्रायोजनका लागि उक्त हेलिकोप्टर पुल्चोक इञ्जिनियरिङ क्याम्पसलाई हस्तान्तरण गरेको छ ।

जंगीअड्डाका सम्भाररथी प्रभुराम शर्माले सेवाअवधि पुरा भएको हेलिकोप्टर ‘एरोस्पेस’ इञ्जिनियरिङ अध्ययन तथा तालिम प्रायोजनका लागि हस्तान्तरण गरेका हुन् ।

फ्रान्समा बनेको यो हेलिकोप्टर २३ जेठ २०४७ देखि नेपाली सेनाले प्रयोग गर्दै आएको थियो । यो ‘सिंगल इञ्जिन’ हेलिकोप्टर हो भने भारत, पाकिस्तान, बंगलादेश, फ्रान्स, इराक लगायतका देशका सैनिकले पनि यो हेलिकोप्टर प्रयोग गर्छन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै उपरथी शर्माले प्रधानसेनापति पूर्णचन्द्र थापाको कमाण्ड मार्ग निर्देशनअनुसार देशको शैक्षिक क्षेत्रमा समेत सहयोग पुर्‍याउन सेना तयार रहेको बताएका थिए ।

नेपालमा पहिलो पटक सञ्चालक भएको एरोस्पेस इञ्जिनियरिङ अध्ययनमा व्यवहारिक ज्ञानका लागि हेलिकोप्टर सहयोगी हुने विश्वास उनले व्यक्त गरे ।

सेनामा विमान अझै अपर्याप्त

हाल सेनासँग १३ हेलिकप्टर र ६ वटा जहाज छन् । तीमध्ये ५ हेलिकप्टर र ४ वटा जहाज मात्रै सञ्चालनमा छन् । सेनाले विपद् उद्दार र अति विशिष्ट पदाधिकारीको सुरक्षाका लागि विमानको प्रयोग गर्दै आएको छ ।

सेनाले यही वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिका लागि भनेर अगुस्टा वेस्टल्यान्ड हेलिकप्टर र सीएन २३५–२२० विमान ल्याएको थियो । तर, अझै विमान अपुग भएको सैनिक अधिकृतहरु बताउँछन् ।

सेनाले हवाइ सेवा विस्तार गर्दै हरेक प्रदेशमा एयर वेस सञ्चालन गर्ने लक्ष्य राखेको छ । हाल पश्चिम एयर वेस सुर्खेतमा र मध्यएयर वेस काठमाडौंमा सञ्चालनमा छन् । पूर्व एयरवेस इटहरी वा विराटनगरमा स्थापनामा गर्ने सेनाको योजना छ । यद्यपि, जग्गा प्राप्त भइनसकेकाले टुंगो लाग्न नसकेको जनाइएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले तयार पारेको आर्मी भिजन २०२० मा एयरवेश पिच्छे ५ वटा हवाई साधन राख्ने लक्ष्य लिइएको छ । सेनाको हेलिकप्टर गृह मन्त्रालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै अन्य अत्यावश्यक अवस्थामा प्रयोग हुने गरेको छ ।

अनलाईन खवर


मिर्चैया नपामा संयुक्त रुपमा बुझाए ध्यानाकर्षण पत्र

सिरहा,चैत २६ गते । मिर्चैया नगरपालिकाले आफु खुशी राहत वितरण गरिएको विषयमा संयुक्तदलहरुले ध्यानआर्कषण पत

हामी संग चंदा यानी आर्थिक सहयोग लिने बेला घर घर आउनेहरु आज भोली हामी लाई अन्न सहयोग गर्न किन सार्वजनिक स्थलमा सामूहिक भेला गर्दै ः धीरेन्द्र साह सरसफाई अभियन्ता

बर्षो देखि हाम्रो समाजमा कुनै समाजिक , धार्मिक , राजनैतिक एबम मेला नौटंकी सफल बनाउनको लागि समाजका सजग व्यक

युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२