सीजीलाई सरकारका प्रवक्ताको जवाफ– प्रक्रिया पूरा गर्नुस्, पूर्वाग्रह हुँदैन सीजीलाई सरकारका प्रवक्ताको जवाफ– प्रक्रिया पूरा गर्नुस्, पूर्वाग्रह हुँदैन

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 1, 2076
  • 9 पटक पढिएको

सिरहा,फाल्गुन १ गते । सीजी टेलिकमलाई युनिफाइड लाइसेन्स दिनका लागि प्रक्रिया पूरा गरेर आउन सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले जवाफ दिएका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा विहीबार बास्कोटाले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भने,‘सरकारले जनताको सूचनाका निम्ति लिएको अनुदानको रकमको प्रयोग, गरिएका पूर्वसर्त पूरा गरेर सबै प्रक्रियामा सामेल भए पूर्वाग्रह हुँदैन ।’

प्रक्रियातग रूपमा राज्यलाई कति रकम बुझाउनुपर्ने हो त्यसअनुसार नै ढोकाबाटै काम पूरा गर्न सुझाव दिएका बास्कोटाले भने,‘झ्यालबाट छिरेर काम गर्छु भन्ने कुरा हुँदैन, नीजि कम्पनीले नाफामात्र होइन, जनताप्रतिको उत्तरदायित्वको जिम्मेवारिता पनि लिनुपर्छ ।’

केही दिनअघि सीजी टेलिकमका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पत्रकार सम्मेलन गरी सरकारी कामका सबै प्रक्रिया पूरा भएको र २० अर्ब रुपैंया तत्कालै तिर्नुपर्ने रकम नभएको बताएका थिए । उनले सरकार सस्तो टेलिकम्युनिकेशन सेवा दिने सीजीको योजनामा सरकार बाधक बनेको बताएका थिए ।

दैनिक नेपाल


एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नः लक्षणहरु ?

गणेश कुमार ठाकुरसिरहा,फागुन ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने

शुक्रवार देशभर सार्वजनिक विदा

सिरहा,फाल्गुन ८ गते । संघीय सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरक

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

सिरहा,फाल्गुन ८ गते । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२