अख्तियारको मुद्दा गच्छदारलाई प्रधानमन्त्री हुन नदिने खेल ! अख्तियारको मुद्दा गच्छदारलाई प्रधानमन्त्री हुन नदिने खेल !

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 1, 2076
  • 52 पटक पढिएको

सिरहा,फाल्गुन १ गते । नेपाली कांग्रेसनिकट थारु अगुवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद लगाएर थारु समुदायको भावना र आत्मसम्मानमा गहिरो चोट पुगेको बताएको छ ।

माघ २८ गते नेपालगञ्जमा सम्पन्न भेलाले राजनैतिक वृत्तमा राष्ट्रिय छवि बनाएका लोकतान्त्रिक पक्षधर नेता गच्छदारमाथि सुनियोजित आक्रमण भएको निश्कर्ष निकालेको हो ।

‘प्रधानमन्त्री बनी मुलुक र जनताको सुन्तर जीवन रुपान्तरण गर्न सक्ने योग्यता, क्षमता, त्याग, बलिदान, जनसमर्थन र दूरदर्शी सुझबुझ रहेको थारु समुदायका एकमात्र व्यक्तित्व भएकै कारण उहाँमाथि सुनियोजित आक्रमण भएको हो’ भेलापछि जारी विज्ञप्तिमा भनिएको छ ‘ताकि भोलि तीसौं, चालिसौं वर्षसम्म आदिवासी थारु समुदायबाट कोही पनि प्रधानमन्त्री बन्न नसकोस् ।’

बालुवाटारको ललिता निवास र यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा पास गराउन भूमिका खेलेको भन्दै अख्तियारले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । कांग्रेसनिकट थारु अगुवाहरुले उक्त घटनामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलाई मुद्दा नचल्नु र गच्छदारलाई मुद्दा चल्नु षड्यन्त्र भएको बताएका छन् ।

ललितानिवास प्रकरणको मुद्दाका कारण अख्तियारको कद घटेको भन्दै उक्त भेलाले आफ्नै अकर्मन्यताका कारण एउटा संवैधानिक निकाय विवादमा तानिएको र सरकारको कालो छायाँमा परेको ठहर गरेको छ । गच्छछदारमाथिको मुद्दा व्यक्तिगत नभएको भन्दै भेलाले अब पालैपालो कांग्रेस नेतामाथि मुद्दा लगाउन काल पल्केको टिप्पणी पनि गरेको छ ।

भेलामा कांग्रेसका थारु नेताहरु रामजनम चौधरी, डिल्लीबहादुर चौधरी, योगेन्द्र चौधरी, राधेश्याम चौधरी, धनीराम चौधरी, पुरन चौधरी, गोपाल दहितलगायत सहभागी थिए ।

भेलाका निर्णयहरु

 

अनलाईन खवर


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२