ठाकुरराम क्याम्पसका आंशिक प्राध्यापकहरु आन्दोलित ठाकुरराम क्याम्पसका आंशिक प्राध्यापकहरु आन्दोलित

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 1, 2076
  • 27 पटक पढिएको

सिरहा,फाल्गुन १ गते । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । करारमा नियुक्ति गर्नुपर्ने, बाँकी रहेको पारिश्रमिक फछ्र्यौट गर्नुपर्ने लगायतका माग राख्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । माघ २९ गतेदेखि तीनै सिफ्टको कक्षा बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले बिहीबारदेखि क्याम्पसमा धर्ना सुरु गरेका छन् ।

ठाकुरराममा पुराना ३२ र नयाँ ७ जना आंशिक प्राध्यापक कार्यरत छन् । १३ वर्षदेखि आंशिक रुपमा कार्यरत प्राध्यापकहरुको समस्या समाधानका लागि क्याम्पस प्रमुख लगायत सरोकारवालाको ध्यानाकर्षण गराइएको भएपनि सुनुवाई नभएको उनीहरुको भनाइ छ । पछिल्लो पटक आंशिक प्राध्यापकहरुले माघ २३ गते क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए ।

विनाशर्त करार सेवामा लैजाने व्यवस्था नभएसम्म आन्दोलन जारी राखिने आंशिक प्राध्यापक संघ ठाकुरराम बहुमुखी क्याम्पसपका एकाई अध्यक्ष तेजनारायण प्रसाद यादवले बताए । ‘एउटा पिरियडको ३६० रुपैयाँ मिल्छ, त्यसमा पनि १३ प्रतिशत भ्याट काटिन्छ,’ अध्यक्ष यादवले भने, ‘वर्षमा दुई पटक दशैं र फागुपूर्णिमामा पैसा दिन्छन् । त्यहि पनि हिसाब फछ्र्यौट गर्दैनन् । दिउँला दिउँला भनेर टारिदिन्छन् ।’

मनपरी ढंगले क्याम्पस चलाउँदा समस्या देखिएकोले समाधानका लागि आन्दोलनमा उत्रनु परेको उनको भनाइ छ । ‘करार गर्ने भनी पटक पटक सम्झौता भएका छन् । तर कार्यान्वयन गरिएको छैन,’ अध्यक्ष यदवले भने, ‘ मनपरी ढंगले क्याम्पस चलाउँछन् । सबै कामका लागि पैसा हुन्छ हामीलाई दिन हुँदैन ?’ अनलाईन खवर 


एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

सिरहा,चैत्र २२ गते । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले ल

मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२