औद्योगिक ग्राम स्थापनामा सघाउन प्रदेशलाई पत्राचार औद्योगिक ग्राम स्थापनामा सघाउन प्रदेशलाई पत्राचार

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 1, 2076
  • 18 पटक पढिएको

सिरहा,फाल्गुन १ गते । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले औद्योगिक ग्राम स्थापनामा सहयोग गरिदिन प्रदेश मन्त्रालयलाई पत्राचार गरेको छ ।

सातै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई पत्रचार गर्दै मन्त्रालयले औद्योगिक ग्राम घोषणा भएका स्थानमा मापदण्ड र सुविधालाई मध्यनजर गरीे समन्वय गरिदिन आग्रह गरेको हो ।

पूर्वाधार विकासका लागि नीतिगत ब्यबस्था, बित्तीय तथा प्राविधिक सहयोग, अनुगमन, मुल्याङ्कन, समन्वय तथा नियमन सम्बन्धी कार्यहरुमा केन्द्रले समन्वय आवश्याक मागेको संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशबाट गरिने सार्वजनिक पूर्वाधार निर्माणमा सहयोग, पूर्व तथा बिस्तृत अध्ययन प्रतिवेदन, पूर्वाधार निर्माण र बिकासमा गरिने लगानीमा संघ, प्रदेश र स्थानीय तहबीच दोहरोपन नपर्ने गरि समन्वय र सहकार्य गर्न मन्त्रालयले पत्रमार्फत भनेको छ ।

सरकारले गत असोज ७ गते घोषणा गरेको एक स्थानीय तह एक औद्योगिक ग्राम कार्याक्रम घोषणा गरेको थियो । कार्याक्रम अन्तर्गत पूर्वाधारबाहेक अध्ययन अनुसन्धान तथा प्रशासनिक खर्चमा रकम उपयोग गर्न नपाउने गरी पूर्वाधार निर्माण कार्यमा स्रोत खर्च गर्ने गरी ३२ वटा स्थानीय तहलाई ९२ लाख रुपैयाँ बजेट निकासा गर्ने निर्णय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रायले गरेको थियो ।

३२ वटै स्थानीय तहलाई बजेट निकासा भइसके पनि कार्यगत अन्योलता देखिएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रायले सहजीकरण गरेको हो ।

अनलाईन खवर


एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

सिरहा,चैत्र २२ गते । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले ल

मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२