रौतहटमा नदीजन्य पदार्थ नउठाउन निर्देशन, दोहन गर्ने ठेकेदारलाई थुनामा राख्ने चेतावनी रौतहटमा नदीजन्य पदार्थ नउठाउन निर्देशन, दोहन गर्ने ठेकेदारलाई थुनामा राख्ने चेतावनी

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 1, 2076
  • 96 पटक पढिएको

सिरहा,फाल्गुन १ गते । लालबकैया नदीबाट नदीजन्य पदार्थ न उठाउन संयुक्त अनुगमन टोलीले कडा निर्देशन दिएको छ ।

रौतहटका सिडिओ बाशुदेव घिमिरेको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले स्थगलत अनुगमन निरिक्षण पश्चात रौतहटको पश्चिमीभेगस्थित लालबकैया नदीबाट नदीजन्य पदार्थ नउठाउन निर्देशन दिएको जनाइएको छ ।

स्थानिय फतुवा बिजयपुर र गुजरा नगरपालिका अन्तर्गत लालबकैया नदीको सबै घाटबाट अर्को आदेश नआएसम्म तत्काल गिटी,बोल्डर,बालुवा,मिक्सग्रेभल न उठाउन सिडिओ घिमिरेले ठेकदार नागेन्द्र साहलाई बुधवार साँझ निर्देशन दिएका छन् ।

सिडिओ घिमिरेको निर्देशन गलतै अनुगमनमा रहेका नेपाल प्रहरीका एसपी रबीराज खडका, सशस्त्र प्रहरीका एसपी रबीनराज कर्णजितले लालबकैयामा नदीजन्य पदार्थको उत्खनन तथा ढुवानी रोक्न मातहतका प्रहरी युनिटहरुलाई निर्देशन दिएका थिए ।

गुजरा र फतुवा बिजयपुर नगरपालिकाको सिमानामा पर्ने लालबकैया नदीको नदीजन्य पदार्थ उठाउन साह निर्माणशेवाले ठेक्का लिएको छ ।

तर सरकारको नितिविपरित नदीको बिच धारमा ठाँउ–ठाँउमा जेसिबी र स्काभेटर प्रयोग गरी ठेकदार नागेन्द्र साहले पोखरीको स्वरुप ठुला ठुला खाडल बनाएकोले सिडिओ बाशुदेव घिमिरेले नदीजन्य पदार्थ न उठाउन निर्देशन दिएका हुन् ।

नेपाल सरकारले तोकेको नितिमा नदीको छेउमा बढीमा दुईमिटर सम्म खनेर नदीजन्य पदार्थ उठाउन सकिने ब्यवस्था गरेको छ ।

तर ठेकदार नागेन्द्र साहले लालबकैया नदीको बोटवा,गर्जा, पशुपतीछेउको घाट लगायत दर्जन बढी स्थानमा जेसिबी र स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकालेर खोलाको बिच बिचमा ठुलो ठुलो पोखरी जस्तो खाडल बनाएको छ ।

ठेकदार साहले दैनिक सैयांै ट्याक्टर र दर्जनौ टिपर मार्फत लालबकैया नदीको दोहन गरीरहेका छन ।

अनुगमनको क्रममा व्यक्तिगत फाइदाका लागि लालबकैया नदीको दोहनमा लागेका ठेकदार साहलाई दोहन नरकेमा थुनामा राखेर कारबाही समेतको चेतावनी दिइएको छ ।
लालबकैया नदीबाट बोल्डर,गिटी,ग्रेभल,बालुवा निकालेर दर्जनौ ठेकदारले जिल्लाका विभिन्न स्थानमा भण्डारण गरेको पाइएको छ ।

बिभिन्न निर्माण कार्यमा लाग्ने पूर्व योजना अनुसार नदीजन्य पदार्थ उठाउन राख्न सकिने ब्यवस्था विपरित ठेकदार तथा क्रसर उद्योगीले अनाधिकृत रुपमा नदीजन्य पदार्थको भण्डारण गरेको अनुगमनमा पाइएको छ ।

नदीको अवस्था र ठेकदारको गतिबिधी बारे स्थानीय तहले निगरानी गर्नुुपर्ने ब्यवस्था रहेको छ । तर गुजरा र फतुवा बिजयपुर नगरपालिकाका जनप्रतिनिधीले लालबकैया नदीको अवस्था प्रति उदासीन रहेकाले लालबकैया नदीको दोहन बढेको संयुक्त अनुगमनटोलीको निस्कर्ष रहेको छ ।

अनुगमन टोलीले लालबकैया नदीको बिभिन्न घाटहरुको अनुगमनका साथै बौधीमाई नगरपालिका,फतुवाबिजयपुर,गुजरा लगायतका स्थानिय तहमा सञ्चालित क्रसर उद्योगको स्थलगत अनुगमन निरिक्षण गरेको थियो ।

टोलीमा सिडिओ बाशुुदेव घिमिरे,जिल्ला समन्वय समितिका सभापती रामएकवाल यादव, ईन्द्रबक्स गणका कर्णेल सामन्तध्वज खाँड, नेपाल प्रहरीका एसपी रबीराज खड्का, सशस्त्र का एसपी रबीनराज कर्णजित,घरेलु तथा साना उधोग कार्यालय प्रतिनिधि प्रमोद बर्मा, नगरपालिकाका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

टुडे पाटी


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२