महोत्तरीको बजारमा चल्दैन सिक्का महोत्तरीको बजारमा चल्दैन सिक्का

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 1, 2076
  • 7 पटक पढिएको

सिरहा,फाल्गुन १ गते ।

महोत्तरीको हाटबजारमा सिक्का पैसा चल्न छाडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडिएको उपभोक्ताले गुनासो गरेका छन् ।

जिल्लाको सयौँ गाउँ तथा दर्जन बढी शहरको सानादेखि ठूला पसलेले अहिले खुद्रा ९सिक्का० पैसाको कारोवार नगर्ने गरेको सर्वसाधारणको गुनासो आइरहेको छ । अहिले पसल तथा हाटबजारमा मालसामान तथा विभिन्न सामग्री बेच्न बसेका व्यापारी व्यवसायीले खुद्रा पैसाजस्तै रु एक, रु दुई र रु पाँचका सिक्का पैसा लिन छाडेका छन् ।

यस सन्दर्भमा जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक शिवशङ्कर यादवले हाटबजारमा चले, नचलेको थाहा नभएको तर बैंकले सर्वसाधारणको सिक्का पैसा लिने गरेको बताए । उनले आम जनताले सिक्का पैसा एक÷दुई सय र पाँच सयको पोका बनाएर दिएमा मात्रै लिने गरेको बताए ।

बैंकमा खुद्रा पैसा लिने गरेको जानकारी नभएका अभिभावक आफूसँग भएको हजारौँ खुद्रा पैसा खेर गइरहेको बताउँछन् । सिक्का पैसा हाटबजार तथा पसलमा नचल्दा बालबालिका पनि अभिभावकसँग लिन मान्दैनन् भने जिल्लाको विभिन्न हाटबजार तथा घर–डेरासम्म भिक्षा माग्न आउने भिखारीसमेतले सिक्का पैसा नलिने गरेको जिल्लावासी सुनाउँछन् । सिक्का पैसा नचल्दा हुने गरेको हैरानीले जिल्लाका आम उपभोक्ताले सिक्का पैसाको व्यवस्थापन वा चलनचल्तीका लागि सरकारले ठोस कदम चालिदिन मागसमेत गरेका छन् ।टुडे पाटी

 


एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नः लक्षणहरु ?

गणेश कुमार ठाकुरसिरहा,फागुन ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने

शुक्रवार देशभर सार्वजनिक विदा

सिरहा,फाल्गुन ८ गते । संघीय सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरक

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

सिरहा,फाल्गुन ८ गते । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२