सप्तकोसीमा सञ्चालित जेट बोट सेवा बन्द सप्तकोसीमा सञ्चालित जेट बोट सेवा बन्द

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 1, 2076
  • 38 पटक पढिएको

सिरहा,फाल्गुन १ गते । सप्तकोसी नदीमा सञ्चालित जलयातायात ९जेट बोट० सेवा बन्द भएको छ ।

सरकारले कानून निर्माण गरी नियमन गर्नु पर्ने, सुरक्षा प्रदान गर्नु पर्ने, भाडादर कायम गर्नु पर्ने लगायतका माग राख्दै व्यावसायीहरुले अनिश्चितकालका लागि बिहीबारबाट जलयातायात सेवा बन्द गराएका हुन् । सप्तकोसी नदीमा दुई वर्षदेखि नियमित जलयात्राको सेवा सञ्चालनमा रहेको थियो ।

जेट बोट सञ्चालनका लागि प्रष्ट कानून अभावका कारण आफूहरु समस्यामा परेको सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसनका सञ्चालक राजेन्द्र कार्कीले बताए ।

सप्तकोशीमा के चल्दैछ ? डुंगा हो कि पानीजहाज ?


स्थानीय तहदेखि प्रहरी प्रशासनले समेत दुःख दिने गरेकाले सरकारलाई छिटो कानून निर्माण गरी नियमन गर्न दबाव दिने उदेश्यले सेवा अनिश्चितका लागि लागि बन्द गरेको कार्कीले बताए ।

‘रिक्स मोलेर ठूलो लगानीमा जेट बोट सञ्चालन गरेका छौं,’ सञ्चालक कार्कीले भने, ‘विभिन्न कारणले हाम्रो लगानी जोखिममा पर्दै गएको छ । सरकारले न त जलयात्राका लागि स्पष्ट कानून बनाएको छ, न त व्यवसायीको लगानी सुरक्षामा ध्यान दिएको छ, यस्तो अवस्थामा हामी सेवा दिन सक्दैनौं ।’ हाम्रो व्यवसायको सुरक्षा गरिदिने ग्यारेण्टी सरकारले नगरेसम्म सेवा सुचारु गर्न नसकिने उनले बताए ।

व्यावसयीले सप्तकोसी नदीमा जलयात्राको सेवा बन्द गरेपछि पहाडी क्षेत्र भोजपुरका दक्षिणी भाग त्यसैगरी, धनकुटा र उदयपुर क्षेत्रका मानिसलाई तराईसम्म आउजाउ गर्न समस्या भएको छ । कोसीमा जलयात्रा सञ्चालन हुँदा सो भेगका मानिसलाई यात्राको दुरी समेत छोटिँदा आवतजावतमा सहजता भएको थियो ।

भोजपुर घोरेटारका दीपक राईले जलयात्राबाट आवतजावत गर्दा एकै दिन विराटनगर, इटहरी र धरानबाट घर पुग्न सहज हुने गरेको भएपनि अब जल यात्राको सेवा बन्द भएपछि दुई दिन लाग्ने भएको छ ।

सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन र सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्ट प्रालिले सप्तकोसी नदीमा चारवटा जेटबोट सञ्चालन गदै आएका थिए ।

उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा नगरपालिकाको बीचमा रहेको सप्तकोसी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्मको जेट बोट सञ्चालन रहेको थियो । सुनसरीको बराह क्षेत्र १ मा रहेको चतराघाटबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालनमा ल्याएपछि सर्वसाधरणलाई राहात भएको थियो ।

चतराघाटबाट १५ किलोमिटर हाराहारीको धनकुटाको सिम्ले पुग्न अहिले १५ मिनेटमै पुग्न सकिन्थ्यो भने सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुग्न सकिन्थ्यो ।

सडक यात्रा गर्दा भने घोडेटारबाट साढे दुई घण्टामा पुगिन्छ । तर जेट बोटबाट यात्रा गर्दा सडक मार्ग भएर आउजाउ गर्दा भन्दा छिटो पुग्न सकिन्छ । जेट बोट सञ्चालनमा आएपछि भोजपुर मात्रै हैन धनकुटाको सिम्ले क्षेत्रका स्थानीयहरू पनि दुई घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी आउन सक्ने भएका थिए ।

दैनिक ५ सय बढीले जेट बोटको यात्रामार्फत आफनो गन्त्वयमा पुग्ने गरेका थिए । जेट बोटमार्फत नै बराहक्षेत्र दर्शनका लागि मानिसहरु आउजाउ गर्ने गरेका कारण बाह्य र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको थियो ।अनलाईन खवर

 


मिर्चैया नपामा संयुक्त रुपमा बुझाए ध्यानाकर्षण पत्र

सिरहा,चैत २६ गते । मिर्चैया नगरपालिकाले आफु खुशी राहत वितरण गरिएको विषयमा संयुक्तदलहरुले ध्यानआर्कषण पत

हामी संग चंदा यानी आर्थिक सहयोग लिने बेला घर घर आउनेहरु आज भोली हामी लाई अन्न सहयोग गर्न किन सार्वजनिक स्थलमा सामूहिक भेला गर्दै ः धीरेन्द्र साह सरसफाई अभियन्ता

बर्षो देखि हाम्रो समाजमा कुनै समाजिक , धार्मिक , राजनैतिक एबम मेला नौटंकी सफल बनाउनको लागि समाजका सजग व्यक

युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२