प्रधानमन्त्री ओलीले दिए पूर्वमाओवादीहरूलाई झट्का प्रधानमन्त्री ओलीले दिए पूर्वमाओवादीहरूलाई झट्का

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 1, 2076
  • 24 पटक पढिएको

सिरहा,फाल्गुन १ गते ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली जनयुद्ध दिवसको कार्यक्रममा सहभागी भएका छैनन् ।

पूर्वमाओवादी निकटका नेता र पूर्वएमालेका सीमित नेताहरूको उपस्थितिमा नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बिहान २५औं जनयुद्ध दिवस मनाएका हुन् ।

नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलिसभा कार्यक्रममा प्रचण्ड सहभागी भएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओली पनि सहभागी हुने भनिएको थियो । तर, ओली कार्यक्रममा सहभागी भएनन् ।

यसअघि नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त रुपमा सूचना जारी गरी ओली र प्रचण्ड दुवैको सहभागीतामा कार्यक्रम हुने जानकारी दिएका थिए ।

ओली जनयुद्ध दिवसको अवसरमा अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएनन् ।

दैनिक नेपाल


एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

सिरहा,चैत्र २२ गते । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले ल

मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२