नेकपाले आज २५ औं जनयुद्ध दिवस मनाउँदै, धनुषाको सहिदनगरमा सार्वजनिक विदा नेकपाले आज २५ औं जनयुद्ध दिवस मनाउँदै, धनुषाको सहिदनगरमा सार्वजनिक विदा

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 1, 2076
  • 9 पटक पढिएको

सिरहा,माघ १ गते । आज फागुन १ गते अर्थात तत्कालिन नेकपा माओवादीले उदघोष गरेको जनयुद्धको दिन । नेपाल कम्युनिष्ट पार्टी र त्यसका भातृसंगठनले विभिन्न कार्यक्रमहरु गर्दै बिहीबार २५ औं जनयुद्ध दिवस मनाउँदै छन् ।

नेकपा केन्द्रीय कार्यालयले पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलीसभा कार्यक्रम आयोजन गरेको छ । श्रद्धाञ्जली कार्यक्रममा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० सहभागी छन् । तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागि हुने जनाएपनि उनी सहभागि भएनन् ।
ओली जनयुद्ध दिवसको अवसरमा अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएनन् ।

यसैबीच जनयुद्ध र जनआन्दोलनका शहीदहरुको स्मृतिमा नेकपाका भ्रातृ संगठनहरुले आज बिभिन्न कार्यक्रम गर्दैछन् । नेकपा सम्बद्ध अनेरास्ववियूले पाँच बजे माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गर्दैछ ।
अनेरास्ववियूले देशभरका क्याम्पसहरुमा जनयुद्ध र जनआन्दोलनका शहिदहरुको स्मृतिमा श्रद्धान्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम गर्न सर्कुलर गरेको छ ।

यता जनयुद्ध दिवसको अवसरमा धनुषाका सहिदनगर नगरपालिकामा आज सार्वजनिक विदा दिइएको छ । नगरपालिका कार्यालयले बुधबार एक सूचना जारी गर्दै जनयुद्ध दिवसमा नगरपालिका र अन्तर्गतका कार्यालयहरु बन्द रहने जनाएको थियो ।

सहिद नगरनगरपालिकामा नेकपा नगर कमिटीले समेत जनयुद्ध दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजन गरेको जनाएको छ ।टुडे पाटी


एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नः लक्षणहरु ?

गणेश कुमार ठाकुरसिरहा,फागुन ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने

शुक्रवार देशभर सार्वजनिक विदा

सिरहा,फाल्गुन ८ गते । संघीय सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरक

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

सिरहा,फाल्गुन ८ गते । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२