कोरोना संक्रमणको आशंका गरिएको बिरामी टेकु अस्पतालबाट फरार कोरोना संक्रमणको आशंका गरिएको बिरामी टेकु अस्पतालबाट फरार

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 29, 2076
  • 25 पटक पढिएको

सिरहा,माघ २९ गते । कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पताल पुगेका एक बिरामी भागेका छन् ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार उनी साउदी अरबका नागरिक हुन् । चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरो आएपछि एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका थिए ।

सामान्य चेकजाँच गर्ने क्रममा उनलाई कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरेको थियो । तर, निगरानीमा राख्ने तयारी गर्दागर्दै उनी भागेका हुन् । ‘उनको कोरोना परीक्षण गर्न बाँकी थियो, अहिले खोजी भइरहेको छ’ प्रवक्ता श्रेष्ठले भने, ‘भाषाको समस्या भएकाले उनलाई नियन्त्रणमा राख्न सकिएन ।’

अस्पतालमा बुधबारमात्रै कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई टेकु अस्पताल भर्ना गरिएको छ ।

यो पनि पढ्नुहोस कोरोना भाइरस : भ्रम, हल्ला र यथार्थ

चीनबाट नेपाल आएका एक जना चिनियाँ नागरिक र दुई जना नेपालीलाई भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार उनीहरु तीन जनामा कोरोना भाइरसको संक्रमण छ वा छैन भनेर टेकुकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि नमुना पठाइएको छ। उनले भने,  ‘अहिले उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।’

अस्पतालबाट कोरोना आशंका गरिएका बिरामी भाग्नु नेपालको लागि नौलो भने होइन ।

करिब २ हप्ताअघि सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा एउटा खबर फैलियो, ‘पोखरा आएका २ चिनियाँ नागरिकलाई कोरोना भएको आशंका, मणिपाल अस्पताल रेफर …।’

त्यो खबर सार्वजानिक भएसँगै विश्व स्वास्थ्य संगठनले चासो दियो । तर, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि मणिपाल अस्पताल गएर सोध्दा जवाफ पाए, ‘उनीहरुको यहाँ कुनै पनि स्वास्थ्य परीक्षण भएन, कहाँ गए थाहा छैन ।’

यो पनि पढ्नुहोस स्वास्थ्य मन्त्रालयकाे गम्भीर लापरवाही, विज्ञ भन्छन्– कोरोना संक्रमण फैलन सक्छ

ती दुई चिनियाँ त्यहाँबाट बेपत्ता भएपछि संगठनले खोजी गर्‍यो । तर अहिलेसम्म उनीहरू सम्पर्कमा आएका छैनन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सम्पर्कमा नभए पनि उनीहरूलाई कोरोना भाइरस नभएको बताएको छ । तर, उनीहरु कुनै पनि परीक्षण नगरीकन त्यतिकै फर्किएकाले कोरोना थियो या थिएन भन्ने यतिकै भन्न सकिने अवस्था छैन ।

खबर सार्वजानिक गर्दा उनीहरु ९ दिनदेखि सम्पर्कबाहिर थिए । अहिलेसम्म उनीहरु सम्पर्कमा नआएको मन्त्रालयको प्रवक्ता श्रेष्ठले बताए ।

अनलाईन खवर


एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

सिरहा,चैत्र २२ गते । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले ल

मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२