राष्ट्रपति भण्डारी उपस्थित हुने महायज्ञको सम्पुर्ण तयारी पूरा, एसपी र सीडीओले गरे अवलोकन राष्ट्रपति भण्डारी उपस्थित हुने महायज्ञको सम्पुर्ण तयारी पूरा, एसपी र सीडीओले गरे अवलोकन

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 29, 2076
  • 5 पटक पढिएको

सिरहा माघ,२९ गते । रौतहटमा हुने मधानी महायज्ञको पूर्वतयारीको स्थलगत अवलोकनमा स्थानीय प्रशासन जुटेको छ। जिल्ला तहका प्रमुख प्रशासन तथा सुरक्षा निकायले निरन्तर महायज्ञस्थल पुरातात्विक महादेव मन्दिरको अवलोकन तथा निरीक्षण गरिरहेका छन्।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको मौलापुर नगरपालिकाले आगामी फागुन ५ र ६ गते पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा ुमधानी महायज्ञ( २०७६ु आयोजना गर्दैछ। सो महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारीले सहभागिता जनाउने तथा विशेष पूजा गर्ने कार्यक्रम पनि रहेको छ ।

बुधबार रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे तथा प्रहरी उपरीक्षक ९एसपी० रविराज खड्काले महायज्ञको तयारीको अवलोकन गरेका छन्।

नगरपालिकाको ५ नम्बर वडा पतौरास्थित मन्दिर प्राङ्गणमा हुने उक्त महायज्ञ भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गर्न लागिएको हो। आयोजक मौलापुर नगरपालिकाले यस अवसरमा कम्तीमा पनि ३ लाख भारतीय पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुन गईरहेको महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आतिथ्यता रहनेछ। आयोजकका अनुसार फागुन ६ गते राष्ट्रपति भण्डारीले उक्त महायज्ञमा विशेष पूजा अनुष्ठान गर्नेछिन्। पशुपतिनाथ मन्दिरका मूल भट्टद्वारा मन्त्रोचारण गराई राष्ट्रपति भण्डारीले पूजा गर्ने कार्यक्रम छ।

फागुन ४ गते शिवलिला प्रदर्शन, ५ गते महायज्ञ शुभारम्भ तथा नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुतिको कार्यक्रम रहेको छ। फागुन ६ गते भण्डारीबाट विशेष पूजा तथा नेपाली एवम् विदेश लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ।

महायज्ञको सहआयोजक एस राज प्रोडक्सनसको सन्तोष राज सहनीका अनुसार भोजपुरी सिनेमा क्षेत्रका चर्चित नायक तथा गायक दिनेशलाल यादव निरहुआ, नायिका आम्रपाली दुबे, गायिका इन्दु सोनाली तथा नेपाली कलाकारहरु केकी अधिकारी, निखिल उप्रेतीलगायतको सांस्कृतिक प्रस्तुति रहने आयोजक समितिले बताइएको छ।

  टुडे पाटी


एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नः लक्षणहरु ?

गणेश कुमार ठाकुरसिरहा,फागुन ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने

शुक्रवार देशभर सार्वजनिक विदा

सिरहा,फाल्गुन ८ गते । संघीय सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरक

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

सिरहा,फाल्गुन ८ गते । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२