जनकपुरस्थित राजर्षी जनक विश्वविद्यालयमा नेविसंघको तालाबन्दी जनकपुरस्थित राजर्षी जनक विश्वविद्यालयमा नेविसंघको तालाबन्दी

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 29, 2076
  • 70 पटक पढिएको

सिरहा माघ,२९ गते । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका पदाधिकारीहरुले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी गरेको छ ।

विश्वविद्यालयका पदाधिकारीहरुले अनियमित तरिकाले विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै आज (बुधबार) विश्वविद्यालयको भिसी र डिनको कार्यालयमा नेविसंघ धनुषाको नेतृत्वमा तालाबन्दी गरिएको हो ।

छात्रवृत्ति र विद्यार्थी भर्ना प्रक्रियामा विश्वविद्यालयका पदाधिकारीहरुले अनियमितता गरेकाले बाध्यतावश आफुहरुले तालाबन्दी गरेको नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्रले बताए । उनले भने, ‘नेविसंघ धनुषा विद्यार्थी भर्ना प्रक्रिया पारदर्शीरुपमा हुनुपर्ने र छात्रवृत्तिमा समेत अनियमितता नहुनुपर्ने माग राख्दै आन्दोलित भएको छ ।’

यता विश्वविद्यालयका डिन जुगेश्वर साहले विद्यार्थीहरुले कुन कारणले तालाबन्दी गरेका छन् त्यस सम्बन्धमा आफुलाई कुनै जानकारी नै नभएको बताए । विद्यार्थीहरुलाई आफ्ना मागहरु स्पष्टरुपमा लिएर आउन आग्रह गर्दै उनले अनियमितता सम्बन्धी छानविन गर्ने प्रतिबद्धता जनाए ।

  टुडे पाटी


मासु पसल, दुध डेरीमा अनुगमन

सिरहा, असार १९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योगलाई अनुगमन गरिए

सिरहाको औरहीमा नागरिकता विधेयक विरुद्ध भैसी जुलुस

  सिरहा,असार १८ गते  । अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरह

राजु सदाको परिवारलाई थर्ड एलाइन्सको सहयोग, अस्पतालको लाहप्रवाहीको कारण मृत्यु

असार १३ गते, जनकपुर विनोद कुमार महरा आर्थिक रुपमा विपन्न राजु सदाको बुवा अशेश्वर सदालाई तराइ मानवअधिकार र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२