ह्वात्तै घट्यो प्याजको मूल्य,लसुनको कारोबार ठप्प ह्वात्तै घट्यो प्याजको मूल्य,लसुनको कारोबार ठप्प

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 29, 2076
  • 71 पटक पढिएको

सिरहा,माघ २९ गते । प्याजको मूल्य घटेर प्रतिकेजी सय रुपैयाँ भन्दा तल झरेको छ। कुनै समय २ सय ५० रुपैयाँ रहेको प्याजको मूल्य अहिले घटेको हो।

उपत्यकाकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी तरकारी तथा फलफूल बजारमा गत आइतबारदेखि प्रतिकेजी खुद्रा प्याजको मूल्य ९० देखि एक सय रुपैयाँ रहेको छ।

त्यस्तै प्याजको थोक मूल्य पनि प्रतिकेजी ७२ देखि ७५ रुपैयाँसम्म रहेको कालिमाटी बजारको सूचनामा उल्लेख छ।

गत सिजनमा भारतमा प्याजको उत्पादनमा कमी आएपछि प्याजको मूल्य बढेको थियो। त्यसमा पनि विदेश निर्यातमा प्रतिवन्ध लगाएपछि भारतमा निर्भर नेपाली प्याजको बजारमा मूल्य आकासिएको थियो।

त्यतिबेला चिनियाँ प्याजको केही मात्रामा आयत भएपनि मूल्य भने घटेको थिएन। नेपालमा उपभोग गरिने ९० प्रतिशतभन्दा बढी प्याज भारतबाट आउने गरेको बताइन्छ।

प्याजको सिजन सुरु भएसँगै मूल्य पनि घटेको हो। फेब्रुअरीदेखि बजारमा नयाँ प्याज आउँछ। यो वर्ष उत्पादन बढेकाले पनि मूल्य सुधार देखिएको छ। तर भारतले नेपालमा प्याजको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छैन।

कालिमाटी तरकारी तथा फलफूल बजारमा उपनिर्देशक विनय श्रेष्ठ अहिले भारतीय प्याजनै विक्री भइरहेको बताए।

उनले भने, भारतले प्रतिवन्ध फूकुवा नगरेपनि खुकुलो भने भएको छ। त्यसले प्याजाको आयात बढेको हो।

1580812681lasun

यता चीनबाट हुने लसुनको आयात बन्द भएपछि नेपाली बजारमा लसुनको कारोबार ठप्प भएको छ।

काठमाडौंकाे सबैभन्दा ठूलो कालिमाटी तरकारी तथा फलफूल बजारकाअनुसार गत माघ २२ गतेदेखि लसुनको कारोबार भएको छैन।

तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठ व्यापारीहरुले लसुन नै नल्याएको बताउँछन्।

नेपाली बजार चिनियाँ लसुनले ढाक्ने गर्छ। तर, गत माघ १९ मा नेपाल र चीनबीच हुने दुई देशिय व्यापार १५ दिनका लागि बन्द भएपछि लसुनको आयात रोकिएको हो। चीनमा कोरोना भाइसरको संक्रमण फैलिएसँगै चिनियाँ नाका बन्द गरिएको हो।

आयात रोकिएपछि लसुनको व्यापार गर्ने व्यापारीहरुले लसुनको कारोबार बन्द गरेका छन्।

कारोबार बन्द हुनुपूर्व लसुनको मुल्य आकासिएको थियो। प्राय नेपाली बजारमा २ सय ५० को आसपास हुने लसुनको मूल्य पुसको अन्तबाट एक्कासि बढेको थियो।

माघ ७ मा ३ सय ५५ रहेको लसुनको मूल्य भोलिपल्टै एक सय रुपैयाँ बढेर प्रतिकेजी ४ सय ५५ रुपैयाँ पुग्यो। माघ १६ मा ६ सय ४५ पुगेको लसुन कालिमाटी बजारबाट कारोबार भएको अन्तिम दिन माघ २२ मा प्रतिकेजी ६ सय ३५ मा कारोबार भएको थियो। यो लसुनको खुद्रा मूल्य हो।

सेतोेपाटी


मासु पसल, दुध डेरीमा अनुगमन

सिरहा, असार १९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योगलाई अनुगमन गरिए

सिरहाको औरहीमा नागरिकता विधेयक विरुद्ध भैसी जुलुस

  सिरहा,असार १८ गते  । अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरह

राजु सदाको परिवारलाई थर्ड एलाइन्सको सहयोग, अस्पतालको लाहप्रवाहीको कारण मृत्यु

असार १३ गते, जनकपुर विनोद कुमार महरा आर्थिक रुपमा विपन्न राजु सदाको बुवा अशेश्वर सदालाई तराइ मानवअधिकार र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२