‘रजश्वला हुँदा हेरविचार गर्ने कि भय सिर्जना गर्ने?’ ‘रजश्वला हुँदा हेरविचार गर्ने कि भय सिर्जना गर्ने?’

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 29, 2076
  • 295 पटक पढिएको

सिरहा,माघ २९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यवहारिक रुपमा महिला सशक्तिकरण नहुने बताएका छन्।

राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सूचनाको हकका लागि महिला सशक्तिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले काठमाडौंमा गरिने वहसले छाउपडी र बोक्सी प्रथा अन्त्य नहुने बताए।

यसबारे सम्बन्धित क्षेत्रमा गएर वहस चलाउन उनले आग्रह गरे। रजश्वला हुँदा नारीलाई हेरविचार र सुरक्षाको आवश्यकता पर्नेमा छाउपडीमा राखेर भय सिर्जना गरिने काम हुन नहुने उनले बताए।

बाँस्कोटाले भने ‘राजश्वला हुँदा, मान्छे कमजोर हुन्छ, हेरविचार गर्नुपर्नेमा रातभरि सर्पले ठुँग्ने हो की अर्को कोही अपराधी आएर हातपात गर्ने हो भनेर भय सिर्जना गर्ने हो, कुन हक हो?’

ठूलाठूला क्रान्तिकारी वहस गर्नुभन्दा साधारण व्यवहारिक कुराबाट समाजको रुपान्तरण र परिवर्तनतर्फ लाग्नुपर्नेमा उनले जोड दिए।

सूचनाको हक भन्नेले आफ्नो देश, अधिकार र कर्तव्यको बारेमा पनि थाहा पाउनुपर्ने उनको भनाई छ। अधिकार खोज्नेले नै कर्तव्य विर्सने परिपाटीले वास्तविक सूचना नआउने गरेको उनले बताए।

सेतोेपाटी


सडकमै धान रोपाई गरि विरोध

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित निर्माणाधीन हुलाकी सडकको खाल्डाखुल्डी र हि

मृत अवस्थामा भेटियो गैँडा, साउन महिनामै तीनवटाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्जको दुुधौरा क्षेत्रमा मृत अवस्थामा वयस्क गैँडा भेटिएको छ ।निकुञ्जका सूच

ब्राउन सुगर सहित एक युवक पक्राउ

सुनिल साह सिरहा,असार १८ गते । सिरहाको वरियारपट्टी गाँउपालिकाबाट आज एक जना भारतीलाई ब्राउन सुगर सहित पक्र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२