सिन्धुपाल्चोकमा कोरोना भाइरसकै जस्तै लक्षण भएका सयभन्दा बढी बिरामी सिन्धुपाल्चोकमा कोरोना भाइरसकै जस्तै लक्षण भएका सयभन्दा बढी बिरामी

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 29, 2076
  • 277 पटक पढिएको

सिरहा माघ २९ गते ।

चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणसहित एकैपटक सय जनाभन्दा बढी बिरामी भएका छन् । जुगल गाउँपालिका ३ गुम्बा गाउँमा एकैपटक सय जनाभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

मंगलबारदेखि यस्ता लक्षणसहित धेरै व्यक्ति बिरामी भएपछि जुगल गाउापालिका कार्यालयले कोरोनाको आशंका रहेकाले तुरन्त चिकित्सकको विशेष टोली पठाई परीक्षण गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ ।

जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएकोे पत्रमा भनिएको छ ‘विश्वमा फैलिइरहेको नोवल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखापरेका हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।’

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि बोधार्थ पठाएको छ ।

त्यहाँ बिरामीको संख्या सय नाघिसकेकाले तुरुन्त सहयोग गर्न पत्रमा आग्रह गरिएको छ।

jugal patra

जुगल गाउँपालिकाका अध्यक्ष होमनाराय श्रेष्ठले मंगलबार बिहानसम्म १२ जनजति बिरामी भएकामा त्यही साँझसम्म बिरामीको संख्या सय जना नाघिसकेको बताएका छन् । बिरामी संख्या तीव्र गतिमा बढी रहेको पनि उनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा फेसबुकमार्फत अध्यक्ष श्रेष्ठले रुघाखोकी, ज्वरोले भाइरल रूप लिएको जानकारी दिएका हुन् । एकैपटक धेरै जना बिरामी भएपछि त्यस क्षेत्रमा अहिले कोरोना भाइरसको सन्त्रास फैलिएको छ ।

टुडेपाटी


सडकमै धान रोपाई गरि विरोध

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित निर्माणाधीन हुलाकी सडकको खाल्डाखुल्डी र हि

मृत अवस्थामा भेटियो गैँडा, साउन महिनामै तीनवटाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्जको दुुधौरा क्षेत्रमा मृत अवस्थामा वयस्क गैँडा भेटिएको छ ।निकुञ्जका सूच

ब्राउन सुगर सहित एक युवक पक्राउ

सुनिल साह सिरहा,असार १८ गते । सिरहाको वरियारपट्टी गाँउपालिकाबाट आज एक जना भारतीलाई ब्राउन सुगर सहित पक्र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२