ओमान र अमेरिकाबीचको दोस्रो खेल आज ओमान र अमेरिकाबीचको दोस्रो खेल आज

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 28, 2076
  • 12 पटक पढिएको

सिरहा,माघ २८ गते । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत काठमाडौंमा भइरहेको त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिकाबीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

नेपालसहित तीन राष्ट्र सहभागी सिरिजमा ओमान तीन खेल जित्दै अपराजित छ । ओमानले नेपाललाई दुवै खेल पराजित गरिसकेको छ भने अमेरिकालाई पनि पहिलो खेलमा पराजित गरेको छ । अमेरिकाले भने ओमान र नेपालसँग १–१ खेल हारेको छ । नेपाल आउनुअघि अंक तालिकामा शीर्ष स्थानमा रहेको अमेरिकालाई ओमानले पछि पारिसकेको छ । १४ अंकसहित ओमान शीर्ष स्थानमा रहँदा अमेरिका दोस्रो स्थानमा छ ।

ओमान काठमाडौंमा अपराजित यात्रा कायम राख्दै अंकदूरी बढाउने योजनामा छ भने अमेरिका यस सिरिजको पहिलो जितको खोजीमा छ । अमेरिकाले ओमानपछि बुधवार घरेलु टोली नेपालसँग पनि खेल्न बाँकी छ ।

आजको खेलमा ओमानलाई पराजित गर्न सके अमेरिका फेरि शीर्ष स्थानमा फर्कनेछ । ओमानले अमेरिकालाई पहिलो खेलमा ६ विकेटले पराजित गरेको थियो ।

अमेरिकाले सन् २०१७ यता ५० ओभरको खेलमा ओमानलाई पराजित गर्न सकेको छैन । त्यसयता ओमानले लगातार सात खेलमा अमेरिकालाई हराएको छ ।अनलाइृन खवर

 


एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नः लक्षणहरु ?

गणेश कुमार ठाकुरसिरहा,फागुन ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने

शुक्रवार देशभर सार्वजनिक विदा

सिरहा,फाल्गुन ८ गते । संघीय सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरक

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

सिरहा,फाल्गुन ८ गते । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२