बार काउन्सिल निर्वाचनमा नेकपा समर्थितको बर्चस्व बार काउन्सिल निर्वाचनमा नेकपा समर्थितको बर्चस्व

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 26, 2076
  • 31 पटक पढिएको


सिरहा,माघ २६ गते । नेपाल कानुन व्यवसायी परिषद ९बार काउन्सिल० को शनिबार सम्पन्न निर्वाचनमा सातमध्ये ४ प्रदेशमा नेकपा समर्थित कानुन व्यवसायी विजयी भएका छन् । अन्य तीन प्रदेशमा कांग्रेस समर्थित प्रजातान्त्रिक गठबन्धनले जितेको छ ।

सातै प्रदेशमा अलगअलग भएको निर्वाचनमा प्रदेश प्रदेश नम्बर १ सहित वागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपा समर्थित प्रगतिशील समूहका उम्मेदवारले विजय हासिल गरेका छन् । सबैभन्दा धेरै कानुन व्यवसायी रहेको वागमती प्रदेशमा डा।चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका छन् ।

डा। ज्ञवालीले १९२० मत प्राप्त गरी विजयी हुँदा कांग्रेस समर्थित प्राध्यापक गुणनीधि न्यौपानेले १५३५ मत प्राप्त गरेका छन् । त्यस्तै, प्रदेश १ मा नेकपा समर्थित प्रेमप्रसाद कोइराला निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशमा नेकपा समर्थित रामबाबु बीसी र सुदूरपश्चिम प्रदेशमा नेकपाकै प्रकाशबहादुर पाण्डेय निर्वाचित भएका छन् । प्रदेश २ मा कांग्रेस समर्थित श्यामकुमार मिश्र निर्वाचत भएका छन् भने गण्डकी र प्रदेश ५ मा पनि सोही समूहका मुकुन्दराज अर्याल र बाबुराम पाण्डे निर्वाचित भएका छन् ।

कानुन व्यवसायीहरूको नियामक निकाय बार काउन्सिलको अध्यक्ष महान्यायधिवक्ता हुन्छन् भने उपाध्यक्ष बार एशोसियनका अध्यक्ष हुन्छन् । काउन्सिलमा यसअघि कांग्रेसको बर्चस्व रहँदै आएको थियो । अनलाईन खवर


युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

सिरहा,चैत्र २२ गते । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले ल

मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२