‘भ्यालेनटाइ डे’ सप्ताह : आज ‘प्रपोज डे’, कसरी व्यक्त गर्दै हुनुहुन्छ आफ्नो मनको कुरा ? ‘भ्यालेनटाइ डे’ सप्ताह : आज ‘प्रपोज डे’, कसरी व्यक्त गर्दै हुनुहुन्छ आफ्नो मनको कुरा ?

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 25, 2076
  • 32 पटक पढिएको

सिरहा,माघ २५ गते ।

‘प्रेम आँखाबाट शुरु हुन्छ र मनमा पुगेर टुगिन्छ ।’ प्रेम आँखाले गर्ने कि मनले ? निसन्देह मनले । तर, यसको सुरुवात आँखाबाट हुन्छ । जब एक अर्कालाई देखिन्छ, मन पराइन्छ, आकर्षित भइन्छ, भेटिन्छ, वात मारिन्छ । तब मनमा प्रेम अंकुराउँछ । जब त्यो मनमा पुग्छ, आँखा बन्द हुन्छ । त्यसैले त भनिन्छ, प्रेम अन्धो हुन्छ ।

भनिन्छ, प्रेम स्वत हुने कुरा हो । तर, कुनै न कुनै रुपमा प्रेम व्यक्त हुनुपर्छ । प्रेम पोखिनुपर्छ । प्रेम पग्लिनुपर्छ । तब न प्रेम हुन्छ । एउटा अंग्रेजी भनाई छ, ‘वेल बिगन इज हाफ डन’ अर्थात कुनै कामको सुरुवात यदि राम्रो ढंगले हुन्छ भने, सम्झनुहोस् आधा बाजी जित्नुभयो । प्रेमको सन्दर्भमा पनि त यो लागु हुन्छ । प्रेमको सुरुवात प्रपोज अर्थात प्रस्तावबाट शुरु हुन्छ । तर, प्रस्ताव राख्ने भन्दैमा सोझै ‘आइ लभ यु’ भन्न सुहाउँछ त ?

आज ‘भ्यालेनटाइन डे’ को दोस्रो दिन आर्थत ‘प्रपोज डे’ । हुन त भ्यालेन्टाइन सप्ताह शुरु भइसकेको छ । हिजो ७ फेब्रुअरदेखि १४ फेब्रुअरीसम्म चल्ने भ्यालेनटाइन सप्ताहको पहिलो दिन ‘रोज डे’ थियो भने आज प्रेमी जोडीहरुका लागि ‘प्रपोज डे’ अर्थात प्रेम प्रस्ताव राख्ने दिन ।
अतः प्रेमी वा प्रेमिकालाई कसरी प्रस्ताव राख्ने त ? यहाँ सुझाइएको छ ।

खास स्थान र समयको खोजी

प्रेम प्रस्ताव राख्नका लागि उचित स्थान र समयको खोजी गरौं । यस्तो स्थान, जहाँ निर्धक्क प्रस्ताव राख्न सकियोस् । प्रेम व्यक्त गर्न सकियोस् । कुनै अड्चन व्यहोर्न नपरोस् । यसका लागि समयको पनि ख्याल गर्नुपर्छ ।

क्यान्डल लाइट डिनर

आफुले मन पराएको व्यक्तिलाई कुनै रेष्टुरेन्ट वा कतै डिनरको लागि निम्तो गर्न सकिन्छ । त्यहाँ केहि पूर्व तयारी गर्नैपर्छ । डिनर गर्ने स्थानमा क्यान्डिल लाइट, मधुर धुन र मिठो सुगन्धको व्यवस्था गर्न सकिन्छ । यहि पृष्टभूमीमा मिठो परिकारको स्वाद लिदै आफ्नो प्रेम व्यक्त गर्न सकिन्छ ।

उपहार

प्रेम व्यक्त गर्ने माध्याम हो, उपहार । यस्तो उपहार छनौट गरौं, जसमा आफ्नो प्रेम व्यक्त होस् । उपहारको छनौट गर्दा यो पनि ख्याल गरौं कि, उनको रुची के छ रु के मन पराउँछ रु

प्रेमी-प्रेमिकाको रुची, सौखलाई पनि सकेसम्म उपहारले सम्बोधन गर्न सकोस् । उपहारले हाम्रो सोंच र क्षमता पनि दर्शाउन सक्छ । हामीले कस्तो उपहार छनौट गर्छौ, के आधारमा गर्छौं, त्यसलाई कसरी दिन्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

भर्चुअल माध्यामबाट

अहिले प्रेम प्रस्ताव राख्ने विधी र तौर तरिकामा पनि फरकपन आएको छ । प्रेम व्यक्त गर्नका लागि मोवाइल वा सामाजिक संजालको प्रयोग गर्न सकिन्छ । तर, ख्याल राख्नुपर्ने कुरा के भने, यस्ता माध्यामहरु त्यती प्रभावकारी हुँदैन, जति भौतिक उपस्थितीमा हुने गर्छ । अर्को महत्वपूर्ण कुरा के पनि भने, फेसबुक वा यस्तो भर्चुअल माध्यामबाट प्रेम प्रस्ताव राख्दा शिष्ट शैली अपनाउनुपर्छ ।

ख्याल गर्नैपर्ने केहि कुरा

  • प्रेम प्रस्ताव त्यसबेला मात्र राख्नुपर्छ, जब आफुले मन पराएको व्यक्तिको भावना सकारात्मक छ भन्ने कुरामा ढुक्क हुन सकिन्छ । अन्यथा त्यसको साइट इफेक्ट पर्न सक्छ ।
  • प्रेम प्रस्ताव राख्नुअघि आफ्नो केटा र केटी साथीको मनोविज्ञान बुझ्नुपर्छ । यदि प्रस्ताव ठाडै अस्विकार गरिदियो भने आफुमा आघात पर्न सक्छ ।
  • प्रेम प्रस्ताव राख्नुअघि, उनको मन जित्ने प्रयास गरौं । जबसम्म सम्पूर्ण रुपमा केटा र केटी साथीलाई आफ्नो प्रभावमा पार्न सकिदैन, तबसम्म प्रेम प्रस्ताव राख्नु व्यर्थ हुनसक्छ ।

द नेपालटप


युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

सिरहा,चैत्र २२ गते । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले ल

मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२