सिरहा,माघ २० गते । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकास्थित महेशपुरमा आज विहान घाईते अवस्थामा लोपोन्मुख एउटा गिद्द फेला परेको छ ।
घाईते अवस्थामा नेपाल प्रहरीले फेला पारेको गिद्द डिभिजन वन कार्यालय लहान सिरहालाई बुझाईएको छ ।
गम्भीर घाईते अवस्थामा भेटिएको गिद्दलाई डिभिजन वन कार्यालय सिरहामा राखिएको र औधषी उपचार गरिने डिभिजनल वन अधिकृत सूभाष चन्द्र दासले बताउनुभयो ।
सो गिद्द के कसरी घाईते भएको हो र कहाँबाट आएको हो भन्ने खुल्ल नसकेपनि विजुलीको तारमा करेन्ट लागेर घाईते भएको हुन सक्ने स्थानीयहरुले अनुमान गरेका छन् ।
लोपोन्मुख हुन लागेको गिद्द धेरै दिन पश्चात् देखापरेपछि गिद्द हेर्न वन कार्यालयमा घुईचो नै लागेको प्रमुख दासले बताउनुभयो ।
गणेश साह सिरहा,माघ १५ गते । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार
काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved