धनुषा अस्पतालले मापदण्ड र ओदश लत्याएर भवन निर्माण गरिदैँ धनुषा अस्पतालले मापदण्ड र ओदश लत्याएर भवन निर्माण गरिदैँ

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 17, 2076
  • 260 पटक पढिएको

सिरहा,माघ १७ गते । जनकपुरधाम उपमहानगरपालिका १ मा धनुषा हस्पिटलको भवन मापदण्ड विपरित धमाधम निर्माण भइरहेको खुलेको छ ।

स्थानीयले उजुरी दिएपछि जनकपुरधाम उपमहानगरपालिकाले तत्काल भवन निर्माण नगर्न पत्राचार गरेको हो । तर पत्रलाई बेवास्ता गर्दै धमाधम भवन निर्माण कार्य जारी राखेको छ । अहिले दिनरात दर्जनौं कामदार भवन निर्माणमा लागेका छन् ।


अस्पताल संचालनका लागि भवन निर्माण गर्दा चारकिल्ला प्रमाािणत गरी स्थानीयसँग अनुमति लिनुपर्ने हुन्छ । अस्पताल संचालनमा आएपछि स्थानीयलाई असर नगर्ने भएपछि मात्र भवन निर्माणको अनुमति पाउने प्रावधान पनि छ । धनुषा हस्पिटल प्रा।लि।ले भवन निर्माण भने गुपचुप रुपमा अगाडी बढाएपछि स्थानीय आक्रोसित बनेका हुन् ।

धनुषा अस्पतालले जनकपुरधाम उपमहानगरपालिका १ को किता नम्बर ९२ रहेको १ कट्ठा ८ धुरमा भवन निर्माण थालिएको छ । हुन त भवन निर्माणका लागि उपमहानगरबाट नक्सा पास गराएको देखिन्छ । तर स्थानीय भने अनभिज्ञ छन् । इन्जिनियर, वडाध्यक्ष र प्रशासकिय अधिकृतलाई प्रलोभनमा पारि नक्सा पास गराएको स्थानीयको आरोप छ ।

अस्पताल भवन निर्माण थालेपछि स्थानीय चन्द्रदीप यादबले ०७६ पुस २४ मा उपमहानगरको न्यायिक समितिमा उजुरी दायर गरे । ‘मापदण्ड विपरित बनाउन लागेको अस्पतालको भवनको निर्माण कार्य रोक्क गरी पाउँ’ उजुरीमा उल्लेख छ । उजुरी परेपछि न्यायिक समितिले भवन निर्माण कार्य रोक्न पत्राचार गरिएको छ । तर निर्माण कार्य रोकेको छैन ।

स्रोतका अनुसार अस्पतालका प्रोपराइटर रामबाबु रमण जैसवालले भवन निर्माण रोक्न परेको उजुरीमा प्रतिउत्तर समेत ढिलो गरी जोडेका थिए । अहिले मुद्दा न्यायिक समितिमा विचराधिन छ । तर निर्माण कार्य जारी राखेपछि स्थानीय अवरोध गर्ने तयारीमा जुटेका छन् ।

उजुरीकर्ता चन्द्रदिप यादबले पैसा खाएर गुपचुप नक्सा पास गरिएको आरोप लगाए । उनले मापदण्ड विपरित भवन निर्माण सुरु गरेपछि उजुरी गरेको र मुद्दा फैसला नभएपनि कानूनलाई लत्याउँदै भवन निर्माण जारी राखेको बताए ।

प्रहरीदेखि उपमहानगरका केहि कर्मचारीसम्मका व्यक्तिलाई प्रलोभनमा पारेर अस्पताल संचालकले मापदण्ड विपरित भवन निर्माण गरिरहेको उनको भनाई छ ।टुडेखोज


सडकमै धान रोपाई गरि विरोध

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित निर्माणाधीन हुलाकी सडकको खाल्डाखुल्डी र हि

मृत अवस्थामा भेटियो गैँडा, साउन महिनामै तीनवटाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्जको दुुधौरा क्षेत्रमा मृत अवस्थामा वयस्क गैँडा भेटिएको छ ।निकुञ्जका सूच

ब्राउन सुगर सहित एक युवक पक्राउ

सुनिल साह सिरहा,असार १८ गते । सिरहाको वरियारपट्टी गाँउपालिकाबाट आज एक जना भारतीलाई ब्राउन सुगर सहित पक्र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२