काँग्रेस केन्द्रीय समिति बैठकः पुस ११ गते भएका यी निर्णय सच्याइँदै काँग्रेस केन्द्रीय समिति बैठकः पुस ११ गते भएका यी निर्णय सच्याइँदै

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 13, 2076
  • 19 पटक पढिएको

सिरहा, माघ १३ गते । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक सोमबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ ।
बैठकमा शुक्रबार शीर्ष नेताहरुबीच भएको सहमति अनुसार एजेण्डा तय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए ।

सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार शीर्ष नेताहरुबीच भएको छलफलमा महाधिवेशन तोकिएकै समयमा गर्ने र तल्ला तहको अधिवेशनको मिति केही हेरफेर गर्ने सहमति भएको छ ।

नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ ।

गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार काँग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत् रहनेछ । ११ पुसमा भएका निर्णयमा हेरफेर हुने विषय आजको बैठकको एजेण्डा भएको शर्माको भनाई छ ।

उनले भने, ‘शीर्ष नेताहरुबीच शुक्रबार भएको सहमति अनुसार महाधिवेशनको तिथि मिति नसर्के गरी अरु केही विषयमा हेरफेर हुन्छ । जुन विषय सच्याउनु पर्दैन, त्यो विषय फेरी आज बैठकमा प्रवेश हुँदैन । पुस ११ गतेको निर्णय यथावत रहन्छ ।’

तर संस्थापन इतर पक्षले केन्द्रीय महाधिवेशन विषयमा एकलौटी निर्णय भएको भन्दै त्यही मितिमै भएपनि सहमतिबाट केन्द्रीय समितिले निर्णय लिनु पर्ने बताउँदै आएका थिए । गत मंसिर देखि केन्द्रीय समिति बैठकमा अनपस्थिति संस्थापन इतर पक्ष पनि आजको बैठकमा सहभागी हुनेछ । आजको बैठकमा महाधिवेशन गर्ने मिति यतावत् राखेर तल्लतो तह कार्यतालि र कार्यविधिको संशोधन प्रस्ताव पेश हुनेछ।

शुक्रबार बसेको शीर्ष नेताले बैठकले महाधिवेशनको कार्यतालिका र कार्यविधि परिमार्जन गरी प्रस्ताव पेश गर्न महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का साथै नेताहरु रमेश लेखक र मिनेन्द्र रिजाल लाई जिम्मेवारी दिएको थियो।

काँग्रेसमा भदौमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका संशोधनको तयारी भएको छ ।

११ पुसमा बसेको केन्द्रीय समिति बैठकले ०७७ मंसिरमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो ।

विधानका दफा निलम्बनको निर्णय पनि हेरफेर हुने छ । तर केन्द्र र प्रदेश अधिवेशन हुनु एक वर्षअघि नै स्थानीय तहका सबै अधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने विधानको उक्त प्रावधान निलम्बन भने यथावत रहनेछ ।

आजको बैठकमा १३ औँ महाधिवेशनको सदर क्रियाशील सदस्यताको नामावलीको हार्ड र सफ्ट कपी उपलब्ध गराउनुपर्ने पौडेल पक्षको सुनाइ हुने भएको छ । रातो पाटी


एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नः लक्षणहरु ?

गणेश कुमार ठाकुरसिरहा,फागुन ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने

शुक्रवार देशभर सार्वजनिक विदा

सिरहा,फाल्गुन ८ गते । संघीय सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरक

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

सिरहा,फाल्गुन ८ गते । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२