सिरहामा शिक्षकको बदमासी : गृहकार्य नगरेको भन्दै कुटेर विद्यार्थीको हात भाँचियो सिरहामा शिक्षकको बदमासी : गृहकार्य नगरेको भन्दै कुटेर विद्यार्थीको हात भाँचियो

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 13, 2076
  • 42 पटक पढिएको

सिरहा, माघ १३ गते । सिरहामा एक बालकको शिक्षकले नै हात भाँचिदिएका छन् । गृहकार्य नगरेको भन्दै मिर्चेया नगरपालिका ६ स्थित स्वस्तिक पाठशालामा अध्ययनरत बालकको त्यहीं विद्यालयमा कार्यरत शिक्षकले हात भाँचिदिएका हुन् ।

सिरहा नगरपालिका वडा नम्बर २ घर भई सोही विद्यालयको होस्टेलमा बसेर अध्ययन गर्दै आएका १४ बर्षीय बालक ऋतिक यादवको हात भाँचिएको हो । ऋतिक कक्षा ६ मा अध्ययन गर्दै आएका छन् । नेपाली बिषयका शिक्षक तारा कार्कीले गृहकार्य नगरेको भन्दै लट्टीले कुट्दा उनको हात भाँचिएको बालकका बुवा बसन्त यादवले जानकारी दिए ।

नेपाली बिषयमा घोकेर आउन भनेको र घोकेर आउन नसक्दा आफूलाई शिक्षक कार्कीले कुटपिट गरेको बालक ऋतिकले बताए । ‘तारा सरले घोकेर आउन भन्नुभएको थियो’ बालक ऋतिकले भने, “केहि घोक्न सकिएन । त्यसपछि उहाँले कुटनुभयो ।”

ऋतिक पछिल्लो ६ बर्षदेखि यहीं विद्यालयको होस्टेलमा रहेर पढ्दै आएका छन् । उनको हात भाँचिएपछि अभिभावकले उपचार गराउँदै आईतबार नै घर लगेका छन् । ऋतिकका पिता बसन्तले आफ्ना छोरालाई कुट्ने शिक्षकबिरुद्व प्रहरीमा जाहेरी दिने बताए । बसन्तले सोमबार नै प्रहरीमा शिक्षकबिरुद्व उजुरी दिने बताए ।

गृहकार्य नगरेकै कारण बालकलाई कुटेर हात भाँचिदिएको सम्बन्धमा उक्त पाठशालाका संस्थापक प्रिन्सिपल महेश कार्कीसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् । बारम्बार उनको मोवाइलमा फोन गर्दा समेत उनले फोन उठाएनन् ।

यो पाठशालामा दुई बर्षअघि समेत एक जना बालकलाई कुटपिट गर्दै शिक्षकले हात भाँचिदिएको थियो । २०७४ सालमा यूूकेजीमा अध्ययन गरिरहेका बेला बालक दीपक साहलाई पाठशालाका शिक्षकले कुट्दा उनको हात भाँचिएको थियो ।

शिक्षकले कुटेर हात भाँचिदिएपछि दीपकका बुवा जिबछ साहले त्यहाँबाट आफ्ना छोरालाई निकालेर अर्को विद्यालयमा अध्ययन गराइरहेका छन् । सिरहाकै औरही गाउँपालिका ४ कमलपुर निवासी जिबछले आफ्ना छोरालाई पाठशालाको छात्रावासमा राखेर अध्ययन गराइर्हेका थिए ।

बालमैत्री वातावरणमा अध्ययन गराउन सरकारले निर्देशिका बनाएपनि कतिपय विद्यालयमा बालबालिकालाई अझै पनि कुटेरै पढाउने गरिएको छ । जसका कारण बालबालिका घाइते भइरहेका समाचारहरु बारम्बार सार्वजनिक भइरहेका छन् ।टुडेखाज


मिर्चैया नपामा संयुक्त रुपमा बुझाए ध्यानाकर्षण पत्र

सिरहा,चैत २६ गते । मिर्चैया नगरपालिकाले आफु खुशी राहत वितरण गरिएको विषयमा संयुक्तदलहरुले ध्यानआर्कषण पत

हामी संग चंदा यानी आर्थिक सहयोग लिने बेला घर घर आउनेहरु आज भोली हामी लाई अन्न सहयोग गर्न किन सार्वजनिक स्थलमा सामूहिक भेला गर्दै ः धीरेन्द्र साह सरसफाई अभियन्ता

बर्षो देखि हाम्रो समाजमा कुनै समाजिक , धार्मिक , राजनैतिक एबम मेला नौटंकी सफल बनाउनको लागि समाजका सजग व्यक

युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२