मेयर कपको उपाधी झुम्का सुनसरीलाई मेयर कपको उपाधी झुम्का सुनसरीलाई

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 13, 2076
  • 16 पटक पढिएको

सिरहा,माघ १३ गते । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित मेयरकप २०७६ फुटबल प्रतियोगिताको उपाधी रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरीले हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत आईतबार सम्पन्न फाईनलमा त्रियुगा स्पोर्टस क्लब फतेपुर सप्तरीलाई टाईब्रेकरमा चारका बिरुद्ध पाँच गोल अन्तरले पाखा लगाउँदै झुम्का सुनसरीले उपाधी हात पारेको हो ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलको निर्धारित समयमा कुनै टीमबाट गोल हुन नकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो । प्रतियोगिताको उपाधीसँगै झुम्का सुनसरीले नगद रु ५५ हजार नगद तथा शिल्ड हात परेको छ भने फतेपुर सप्तरीले रु ४५ हजार कपमा चित बुझाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी फतेपुरका सम्युन राई घोषित भएको खेलकुद समितिका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा पौष २७ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुर, सुनसरी र मोरंगका बिभिन्न १४ क्लबको सहभागिता रहेको थियो । प्रतियोगिता पश्चात् आयोजित पुरस्कार बितरण कार्यक्रममा प्रदेशसभा सदस्य मोहम्मद समिम, शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र प्रसाद चौधरी, उपप्रमुख कविता कुमार चौधरी, प्रमुख प्रशासकीय अधिकृत मातृका दंगाल, आयोजक खेलकुद समितिका अध्यक्ष धनिकलाल चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरणा गर्नुभयो । अपन दैनिक


एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नः लक्षणहरु ?

गणेश कुमार ठाकुरसिरहा,फागुन ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने

शुक्रवार देशभर सार्वजनिक विदा

सिरहा,फाल्गुन ८ गते । संघीय सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरक

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

सिरहा,फाल्गुन ८ गते । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२