राजपाका केन्द्रीय सदस्य यादवमाथि ५ अर्ब ठगेको आरोप राजपाका केन्द्रीय सदस्य यादवमाथि ५ अर्ब ठगेको आरोप

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: पुष 23, 2076
  • 105 पटक पढिएको

सिरहा,पुस २३ गते । झन्डै २ सय गरिब तथा विपन्न परिवारलाई ऋण दिएर उनीहरूबाट चर्को रकम असुल गरी ५ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा राजपाका केन्द्रीय सदस्य रामबाबु यादवमाथि गृह मन्त्रालयले छानबिन सुरु गरेको छ । यादव घरजग्गा कारोबारीसमेत हुन् ।

सर्लाही मलंगवा–१ का रामबाबु यादव र सोनबर्साका सञ्जय शाह रौनियारले विभिन्न समयमा सर्वसाधारणलाई तमसुकमा सहीछाप गर्न लगाएर ५ अर्ब बढी ठगी गरेको गुनासोसहित पीडितहरू गृह मन्त्रालय आएपछि मन्त्रालयले छानबिन सुरु गरेको हो ।उनीहरूले यादव र शाहले विभिन्न बहानामा जालझेल गर्दै करकापमा पारी जग्गासमेत खाइदिएको आरोप लगाएका छन् । तराई क्षेत्रमा पैसावालले चर्को ब्याज ९मिटर ब्याज० लगाएर सर्वसाधारण ठग्ने क्रम उच्च छ ।

पीडितहरू गृह मन्त्रालय आउनुअघि नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सँगै लिएर न्याय माग्न सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवासमा पुगेका थिए । त्यसपछि पीडितहरू उजुरीका लागि गृह मन्त्रालय गएका हुन् । गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य पथिकले पीडितहरू अन्यायमा परेको र अर्बौं ठगी भएको गुनासोसहित गृह मन्त्रालयमा आएको बताए ।

दुई सय पीडित परिवारद्वारा गृह मन्त्रालयमा उजुरी

‘पीडितहरू हामी अन्यायमा प¥यौं भनेर मन्त्रालयमा आउनुभएको छ । कागजात हेर्दा ५ अर्ब बढी ठगी भएको देखिन्छ । अब गृह मन्त्रालयले सो विषयमा अनुसन्धान गर्छ,’ गृहमन्त्रीका राजनीतिक सल्लाहकार पथिकले राजधानीसँग भने । ठगीको स्वरूप हेर्दा श्याम परदेशीको ठगी काण्डभन्दा पनि खतरनाक हुन सक्ने उनले बताए । यसअघि सर्लाहीकै श्याम परदेशीले पनि सयौंलाई चर्को ब्याज लगाई ठगी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । परदेशीलाई ठगी मुद्दा चलाइएको छ ।
गृह मन्त्रालयमा गृह तथा प्रहरीका उच्च सुरक्षा अधिकारीको बैठकसमेत बसेको छ । ‘कसरी अघि बढ्ने भन्ने विषयमा सचिवज्यू र प्रहरी महानिरीक्षकज्यू ले छलफल गर्नुभएको छ । राजधानी दैनिकमा खबर छ । हरेकपल


युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

सिरहा,चैत्र २२ गते । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले ल

मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२