सप्तऋषि अस्पतालमा तालाबन्दी , डा।चौधरीलाई कारवाही गर्न माग सप्तऋषि अस्पतालको लापरबाहीको कारणलेगर्दा एकदिनमै ३ नबजात शिशुको मृत्यु

  • महेश प्रसाद चाैधरी
  • प्रकाशित मिति: पुष 21, 2076
  • 242 पटक पढिएको

लहान, २१ पौष । सप्तऋषि अस्पताल लहानका डाक्टरको लापरबाहीले चार सुत्केरीले शिशु गुमाएपछि कारवाहीको माग गरेको छ । कारवाहीको माग गर्दै सप्तऋषि अस्पताल प्रालि लहान, संचालक डा।पशुपति चौधरी र कार्यरत डा। सुनिल विराजीमाथी पीडितपक्षले ईलाका प्रहरी कार्यालय लहानमा पौष २० गते जाहेरी दरखास्त दिएको छ । लहान १९ का घुरन यादव, औरही १ दरैहियाका लालबहादुर यादव र सप्तरीको बलान विहुल ३ दुधेलाका मनोज साहले अपस्पताल र स्वास्थ्यकर्मी विरुद्ध जाहेरी दिएको हो । एक जना पीडितको नाम ठेगाना अस्पतालले सार्वजनिक नगरेको र आन्तरिक सम्झौता गरेर अस्पतालपक्षले मिलाएको स्रोतको दावी छ ।
शल्यक्रियामा संलग्न डाक्टरले लापरबाही गर्दा शिशुको मृत्युपछि पीडितका आफन्तले कारबाही माग गरेका छन् । उनीहरू घटनाबारे अस्पतालसँग र प्रहरी प्रशासनको रोहवरमा पटक पटक छलफल गरेका थिए । तर, अस्पतालपक्षले आफु लापरवाही नगरेको दावी गर्दै आएपछि पीडितले न्यायको लागि प्रहरीमा जाहेरी दिएका छन् ।
शुक्रबार साँझदेखि सुत्केरी व्यथाले च्यापेपछि सप्तरीको बलानबिहुल गाउँपालिका–३ दुधौलाका संगीता साह, सिरहाको औरही गाउँपालिका–१ दरहिया गाउँकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुरकी जानकी यादव उपचारका लागि सप्तऋषि अस्पतालमा पुगेका थिए । शनिबार बिहानसम्म तीनै जनाको पालैपालो शल्यक्रिया भयो तर कसैको पनि शिशु बाँचेन । शल्यक्रियामा डाक्टरको लापरबाही भएको पीडितका आफन्तको आरोप छ । डाक्टर रञ्जिता जयसवालले शल्यक्रिया गरेको अस्पतालका प्रमुख डाक्टर पशुपति चौधरीको दावी रहेपनि डा।सुनिल विराजीले शल्यक्रिया गरेको खुलासा भएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी शरत थापाले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ छानबिनपश्चात् दोषीमाथि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । यसैबीच, पीडितपक्षले जबसम्म हामीले न्याय पाउँदैनौ, तबसम्मको लागि सप्तऋषि अस्पताल संचालन गर्न दिदैनौ बताए । अस्पतालमा पौष २१ गते तालाबन्दी गर्दै आन्दोलनमा उत्रिने पीडितपक्षले बताए ।नवसंग्राम दैनिक


मिर्चैया नपामा संयुक्त रुपमा बुझाए ध्यानाकर्षण पत्र

सिरहा,चैत २६ गते । मिर्चैया नगरपालिकाले आफु खुशी राहत वितरण गरिएको विषयमा संयुक्तदलहरुले ध्यानआर्कषण पत

हामी संग चंदा यानी आर्थिक सहयोग लिने बेला घर घर आउनेहरु आज भोली हामी लाई अन्न सहयोग गर्न किन सार्वजनिक स्थलमा सामूहिक भेला गर्दै ः धीरेन्द्र साह सरसफाई अभियन्ता

बर्षो देखि हाम्रो समाजमा कुनै समाजिक , धार्मिक , राजनैतिक एबम मेला नौटंकी सफल बनाउनको लागि समाजका सजग व्यक

युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२