शहिदनगरका मेयर बरबरिया विरुद्ध आन्दोलन जारी, भत्ता नदिएपछि बृद्धबृद्धा आक्रोसित शहिदनगरका मेयर बरबरिया विरुद्ध आन्दोलन जारी, भत्ता नदिएपछि बृद्धबृद्धा आक्रोसित

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: मंसिर 21, 2076
  • 195 पटक पढिएको

सिरहा, मंसिर २१ गते ।

धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदयबरबरिया खाडी मुलुक दुबइ भ्रमणमा रहेका बेला शुक्रवार कार्यालयमा बृद्धबृद्धाहरु भत्ता माग्दै धर्ना दिएका छन् । नेपाली काँग्रेस नगर समितिको आह्वानमा बृद्धबृद्धाहरु धर्ना दिएका हुन् ।

बृद्ध भत्ता विगत ८ महिनादेखि वितरण नगरेको, प्रसुती भत्ता १ हजार दिनुपर्नेमा ५ सय मात्र दिने गरेको सहितका माग राखेर काँग्रेस नगर समिति नगरपालिकाको कार्यालयमा धर्ना दिएको हो । काँग्रेसले मंसिर १२ गते नगरपालिकामा विरोध प्रदर्शन गरेका थिए ।

धर्नामा सहभागी विगत ८ महिनादेखि नगरपालिकाले भत्ता नदिएको एक बृद्धा गुनासो गरिन् । उनले भत्ता आजभोली गर्दा गर्दै लामो समयदेखि नदिएपछि औषधोपचार गर्न पनि समस्या भएको दुःखेसो पोखिन् । यस्तै धर्नामै सहभागी अर्का एक बृद्धाले भत्ता माग्न नगरपालिका पुग्दा मेयर बरबरियाले खेत बेचेर दिन्छु ? भन्दै उल्टै धम्क्याउने गरेको सुनाइन् ।

नगरपालिकाले जेष्ठ नागरिक, एकल महिला, दलित बालिबालिका लगायतको भत्ता वितरण नगरेपछि ज्ञापन पत्र बुझाएपनि बेवास्ता गरेपछि बाध्य भएर धर्ना दिएको स्थानीय काँग्रेस नेता सुधिर गोइतले बताए । उनले तालाबन्दी गर्ने चेतावनी दिएपनि मेयर विदेश भ्रमणमा गएका कारण धर्ना मात्र दिएको बताए ।

मेयर बरबरिया र निमित्त प्रशासकिय अधिकृत नन्दकुमार झा मंसिर १२ गते १० दिने भ्रमणका लागि खाडी मुलुक दुबई पुगेका छन् । उनीहरु मंसिर २२ गते फर्किने बताइएको छ । भत्ता वितरण छाडेर मेयर भ्रमणमा निस्केपछि स्थानीय बृद्धबृद्धा, गर्भवती महिला र अवकास प्राप्त कर्मचारीहरु आक्रोसित बनेका छन् ।

मेयर र निमित्त प्रशासकिय अधिकृत नहुँदा धर्ना दिएको र आएपछि पनि विभिन्न शिर्षकको भत्ताहरु वितरण नगरे नगरपालिकाको कार्यालयमा अनिश्चित कालिन तालाबन्दी गर्ने काँग्रेसले चेतावनी दिएको छ ।टुडे खोजबाट साभार


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२